तिप्लिङ न्यूज
मिति २०७७ असार ५ काठमाडौं 

लकडाउनको असहज अबस्थामा पनि स्रोता दर्शकको मनोरञ्जनलाई मध्यनजर गर्दै गायक योगेश लामा र गायिका रेश्मा बोम्जनले सेलो भाका टुङनाको मिठ्ठो धुन बजारमा ल्याएकाा छन  ।

गायक तथा संगितकार विश्व दोङको शब्द तथा संगीतमा रहेको गीतको संगीत संयोजन भने देबेस राईको रहेको हो ।

गीतको भिडियो कला घर सिन्धुलेले निर्माण गरेका हुन भने भिडियो कला घर सिन्धुलिको युटुब च्यानल बाटै अपलोड गरिएको छ ।

शिरीष सिद्दाले छायांकन गरेको भिडियोलाई नेपालि बाबू सुमनले निर्देशन गरेका हुन। भिडियोमा पदम भाई , जीवन थापा मगर , निरुता लामा र रिता थिङको अभिनय देख्न सकिन्छ ।

मिठ्ठो स्वरको धनि गायक योगेस लामा र रेश्मा बोम्जनको यो भन्दा अघिको सेलो भाकाको सहकार्य पनि धेरै दर्शकले रुचाउनु भएको छ । यो सहकार्यलाई पनि पक्कै रुचाउनु हुनेछ भन्ने आसा ब्यक्त गर्नु हुन्छ गायक योगेस लामा । यो भन्दा अघिको सहकार्य सेलो भाका आम्मैले होई आम्मैले गीतको भिडियो पनि युटुबमा भेेेेेेेेट्याउन सकिन्छ ।

भिडियो टुङनाको मिठ्ठो धुुन