तिप्लिङ न्यूज
मिति २०७७ असार १
इन्द्रावति सिन्धुपाल्चोक

राष्ट्रिय योजना आयोग र इन्द्रावती गाउँपालिकाको सामुहिक बजेटमा डौँठेडाँडा गैटार मोटर बाटो कालोपत्रे हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २ का माननीय पुरव कानुन मन्त्री शेरबहादुर तामाङ ज्युको बिशेष पहल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल ज्युको बिशेष समन्वयमा योजना आयोगबाट चार करोड बजेट पार्न सफल हुनुभएको थियो ।

त्यसै गरि इन्द्रावती गाउँ पालिका बाट पनि चार करोड बजेट थपेर जम्मा आठ करोड बजेटको टेन्डर भइ धुलिखेल निर्माण सेवाले पाँच करोड ५९ लाखमा आफ्नो हात पारी काम सुरु गर्ने भएको छ ।

यो मोटर बाटो आर्थिक बर्ष ०७७/७८ मा छ सय मिटर बाटो कालोपत्रे गर्ने भएको छ । यो मोटर बाटो मध्यपहाडी लोक मार्ग सङ्ग जोडिन्छ ।इन्द्रावती गाउँपालिका वर्डा न १० साबिक भोटसिपाको सम्पुर्ण बासिहरुको तर्फबाट माननीय पुर्ब मन्त्री शेरबहादुर तामाङ,नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल र गाउँपालिका अध्यक्ष बंश लाल तामाङलाई बिशेष धन्यवादको साथै कृतज्ञता व्यक्त गरेका छन ।

गएको बर्षमा असार साउन र भदौमा गाढि गुड्न त के मान्छे हिड्न समेत अप्ठ्यारो हुने गरि बार्षाले बाटो बिगार्ने गरेको थियो । अब मोटरबाटो कालोपत्रे हुने भयपछि जुनसुकै बेला गाढि गुड्ने कुराले स्थानिय खुशि भएको बताउनु हुन्छ युवा समाज सेवि लायुर लामा ।