तिप्लिङ न्यूज
मिति २०७७ जेठ १२
सिन्धुपाल्चोक

यतिबेला बिश्वनै कोरोना भाइरस कोभिड -१९ का कारण प्रभावित बनेको छ । बिश्वनै रोगले आक्रान्त भइरहदा मानिसहरु रोगले भन्दा भोकले मर्ला भन्ने डर बढेको छ ।

यस्तै विसम् परिस्थितिमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका वडा नम्बर -९ भोटसिपामा राहात वितरण गरिएको हो ।

भाइरस फैलने डरले नेपाल सरकारले जारि गरेको लकडाउनका कारण दैनिक गुजरा चलाउन समस्यामा परेका , असाहय तथा विपन्न परिवारलाई १७३ बोरा चामल खाद्यान्न वितरण गरिएको छ ।

लामा दाेर्जे लाेपेन छेवाङ नुर्बु ज्यु र युवा समाज सेवि लायुर लामाको पहलकदमिमा जाेक्छेन श्री सिंह गुम्बा गाेदावरीका लामा गुरु गेदक रिम्पाेछे ज्यूले वडालाई १७३ बोरा चामल सहयोग गरेको थियो ।

सहयोगमा प्राप्त खाद्यान्न वडाको समन्वयमा वडा बासिन्दालाई वितरण गरिएको सोही वडा भोटसिपाका वडा अध्यक्ष बाबुराम लामाले जानकारि दिनुभयो ।

सहयोग गर्नुहुने श्री सिंह गुम्बा गोदावरि र लामा गुरु गेदक रिम्पोछे ज्यू प्रति सबै स्थानियबासि पुर्णरुपमा आभारि भएका छन भने वडाले कृतज्ञता समेत प्रकट गरेका छन।

भिडियो तामाङ सेलो