तिप्लिङ न्यूज
मिति २०७७ बैशाख ३१
सिन्धुपाल्चोक

कोरोनाको कहरमा विश्वनै यतिबेला मारमा परेका छन् । कोरोना भाईरस कोभिड -१९ का कारण सबै मानिसहरु मारमा परेका छननै तर विशेष गरि टुहुरा , बालबालिका , अपाङ्ग र जेष्ठनागरिकहरु बढि मारमा परेका छन ।

यसै त सामन्य अबस्थामा पनि आफ्नो छाक टार्न गाह्रो भईरहेको बेला यो कोराना अनि लकडाउने भोक भोकै बस्नु पर्ने अबस्था सिर्जना भइसकेको बेला गरिबको चिलो निभ्न नदिन युवाहरुले राहत वितरण गरेका छन ।

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नम्बर-८ अर्चलेका अर्चले युवा समाजको पहलमा राहत वितरण गरेको हो ।

अर्चलेकै युवाहरु कोई बिदेशमा र कोई नेपालमै रहेका मनका धनि युवाहरुको सक्रियतामा राहत संकलन गरिएको थियो ।

अर्चलेका ४४ घरधुरिलाई चामल ३० किलो , नुन १ प्याकेट, तेल 0.५ लिटर र दाल २ किलोको दरले वितरण गरिएलो अर्चले युवा समाजका अध्यक्ष पुष्पलाल तामाङले जानकारि दिनुभयो ।

असाहय , गरिब टुहुरा, विपन्न जेष्ठनागरिक र अपाङ्गता भएकालाई राहत वितरण गरेकोले घर-घरमै पुगेर राहत वितरण गरेका थिए ।

राहत वितरणमा वडा ८ का वडाअध्यक्ष , स्थानिय समाजसेवि र अर्चले युवा क्लबका सदस्यहरुले सहजिकरण गरेको थियो ।

युवाहरुको यो कार्य सांच्चैनै प्रशंसानिय छ । युवाहरुको यो कार्यलाई राहत प्राप्त गरेकाहरुले खुशि भएर आशिर्वाद समेत दिएका छन । आफुहरुले गरेको कामको प्रशंसा र बा आमाहरुको न्यानो आशिर्वाद पाउदा मनमा छुट्टै आनन्द मिलेको बताउछन अर्चले युवा समाजमा परिवार ।

सिन्धुपाल्चोक जिल्लाको मौलिक भाका खान्दोके सेलो