तिप्लिङ न्यूज
मिति २०७७ बैशाख ३०

यतिबेला विश्व नै कोरोना भाईरस कोभिडव-१९ को चपेटामा परि आफ्नो दैनिक जीवन यापन गर्न समेत गाह्रो भईरहेको अबस्था छ ।

यो अबस्थामा दैनिक ज्यालादारि गर्नेहरु लकडाउनका कारण काम समेत गर्न पाएका छैनन् ।

दैनिक ज्यालादारि गर्नेले काम गर्न नपाएपछि छाक टार्न पक्कै असम्भवनै छ । कोरानाको कहरलाई मध्यनजर गर्दै आफ्नो वडा बासिन्दा भोक्कै नपरुन भनेर सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सानू लामा राहात बोकेर गाउँमै पुग्नु भएको छ ।

वडा -९ राम्चेका अति विपन्न परिवार,बेसहारा एकल,वेसहारा जेष्ठनागरिक,बेसहारा अपाङ्गहरु लगायलाई वडा खाध्य ब्यबस्थापन समितिका संयाेजक वडाअध्यक्ष सानू तामाङ ज्यू बाट खाध्यान्न सामाग्रीहरू वितरण गरिएको हो ।

वडा र नगरको पहमा करिब १८२ घर धुरिलाई राहत वितरण गरिसेको छ । राहतमा एकबोरा चामाल , दाल , तेल , नुन, चिनि लगायतको दैनिक प्रयोगमा आउने खाद्यान्न वितरण गरिएको हो । स्वास्थ्य सुरक्षाका लागि मुख छोप्न माक्स र हात धुन साबुन भने यो भन्दा पहिलेनै वितरण गरिएको थियो ।

वडा अध्यक्ष सानू लामा भन्नु हुन्छ `जस्तो सुकै प्राकृतिक अप्राकति समस्या आए पनि आफ्ोनो वडा वासिन्दालाई भोकै हुन दिने छैन । जननिर्वाचित वडा अध्यक्षको हैयतले सधै जनाताको हितमा काम गर्ने बताउनु हुन्छ ।

वडा र नगरको पहमा मात्र नभई अध्यक्ष सानू लामाले ब्यक्तिगत रुपमा समेत वडाको केही घरधुरिलाई राहत वितरण गरिएको छ ।