तिप्लिङ न्यूज , सिन्धुपाल्चोक
मिति २०७६ चैत २८

यतिबेला बिश्वनै कोरोना भाईरसबाट आताङकित भएका छन । हजारौंले ज्यान गुमाएका छन भने लाखौं संक्रमित बनेको छ । नेपालमा हेर्ने हो भने ९ जना संक्रमित र ९ जना मध्य १ जना पुर्णरुपमा निको भएका छन ।

हो यस्तै अबस्थामा स्वास्थ्य समाग्रिको अभाव भइरहेको छ । अभावको अबस्थामा पनि नेपाल कम्युनिष्ट पार्टि नेकपाका आदिवासि जनजाति महासंघ नेपालका केन्द्रिय सदस्य एवम पाथीभरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष युवा समाज सेवि लायुर लामाले इन्द्रावति गाउँ पालिका वडा नम्बर ९ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

समाज सेवि लायुर लामाले हिजो सोही वडाका वडा अध्यक्ष बाबुराम लामालाई दुई पिपिइ सेट, २५ किलो ब्लिचिङ पाउडर , सेनिटाईजर , पन्जा र माक्स हस्तान्तरण गरेको हो ।

हस्तान्तरण पछि हिजोनै वडाका विभिन्न ठाउँ जहाँ मान्छेहरुको बढि आवतजावत हुने , पसल , होटल, चौतारि , दोबाटो , बिद्यालय वडा कार्यलय आसपासमा कोरोना भाईरस (covid-19) न्यूनीकरण गर्नका लागी क्लोरीन र ब्लिचिङ पाउडरको मिसावट सहित किटनाशक औषधी छर्की सतर्कता अपनाईएको वडा ९ का अध्यक्ष बाबुराम लामाले जानकारी दिनुभयो ।

त्यस्तै गरि पुर्व कानुन मन्त्री तथा सिन्धुपालचोक क्षेत्र नंम्वर  दुइका सांसद शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्लामा रहेको तीनै वटा क्षेत्रिय क्वारेन्टाईन लाई पीपीए सेट, स्यानिटाईजर, माक्स, ग्लाब्सलगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।

ग्रामिण महिला सिर्जनशील परिवारमा रहेको क्षेत्रिय क्वारेन्टाईनमा जिल्ला समन्वय ससितिका प्रमुख सहित क्वारेन्टाईन ब्यवस्थापन समितिको संयोजक तथा वाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पालाई समाग्री हस्तान्तरण गरिएको हो । क्षेत्रिय क्वारेन्टाईन चौताराको लागि जिल्ला विपद् ब्यवस्थापन समितिका प्रमुख,  प्रमुख जिल्ला अधिकारी मार्फत क्षेत्रिय क्वारेन्टाईन ब्यवस्थापन प्रमुख तथा चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमानसिंङ तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

 क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा पनि आजै उक्त सामाग्री हस्तान्तरण गरिने सांसद तामाङले जानकारी दिए । एक हजार पाँच सय माक्स, एक सय थान सेनिटाईजर, पन्ध्र सेट पीपीए, तीन हजार ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको छ ।

झिल्के खुवालि खान्दोके सेलो