तिप्लिङ न्यूज
मिति २०७६ चैत १५ सिन्धुपाल्चोक

संघीय सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नाे जन्मदिनकाे विशेष अवसरमा नेपाल सरकारले स्थापना गरेकाे काेराेना सुरक्षा आकास्मिक काेषमा एक महिनाकाे तलब जम्मा गर्ने घाेषणा गर्नु भएको छ ।

आफ्नाे अफिसियल सामाजिक संजालबाट यस्तो प्रतिबद्धता सार्वजनिक गरेकाे हाे । सिन्धुपाल्चोक जिल्लाबाट विजयि संघीय सांसद तामाङले याे विपदकाे समयमा सबै जना एक भएर उभिन पनि अनुराेध गर्नु भएकाे छ ।  सबै जनतालाई सुरक्षित रहन र सरकारको अनुरोध लकडाउन घर घरमा बसेर नेपाल सरकारको सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।

बाँकि सामाजिक संजालबाट साभार

जन्मदिनको अवसरमा सम्पुर्ण नेपाली दिदीबहिनी, दाज्युभाईमा कोरोना भाईरसको सन्त्रास र महामारीबाट छुटकारा पाउन सकोस हार्दिक शुभकामना व्यक्त गर्दछु । यो भाईरसबाट अरुलाई बचाउने भनेको नै आफु बच्नु हो । तसर्थ अहिले कोहि नआत्तिएर परिस्थितिको समना गर्न सकौं । यो अवसरमा मेरो एक महिनाको पारिश्रमिक कोरोना सुरक्षा आकस्मिक कोषमा राख्ने घोषणा गरेको छु । मेरो पारिश्रमिकको आधी सिन्धुपाल्चोक जिल्लामा स्थापना हुने कोषमा र आधी केन्द्रीय कोषमा राख्ने ब्यवस्था मिलाएको छु । सबैजना सुरक्षित रहन हार्दिक अपिल गर्दछु ।