तिप्लिङ न्यूज 

मिति २०७६ फागुन २६ काठमाडौं

सुमधुर स्वर, संगित अनि शब्द सबैको मिश्रण “मेरो यादमा” बोलको गीत बजारमा आएक छ। सुन्दा आनन्द अनि हेर्दा झनै आनन्द  दिने भिडियोले बजार लिदै छ।

हाल बजारमा आउने गीतहरु धेरै चर्चा पाएपनी मन मष्तिस्कलाई आनन्द दिने गीत संगित कमै आउने गरेको छ । यस्तै भिडमा केही त्यस्ता गीत जस्ले मनलाई शान्ती दिन सक्ने पनि बन्ने क्रम जारी छ । हो यस्तै गितमा पर्दछ “मेरो यादमा” ।

आदित्य बिक्रमको शब्द, बिक्रम थापाको संगितमा कृष्ण प्रसाईं र स्मृती शाहीको स्वर सझिएको छ मेरो यादमा । जसको एरेन्ज गर्नुभएको छ बिशन मानन्धरले । भिडियोको निर्देशन चर्चित एवं वर्षौं देखिको अनुभवी निर्देशक दिपक तामाङले गर्नुभएको हो । उहाँले नै भिडियोको सम्पादन समेत गर्नुभएको छ ।

छायांकन सन्दिप जिरेलले गरेका हुन भने कलरिङ पोष्ट प्रोडक्सन छाया कृयसनले गरेको हो । भिडियोलाई बिनि ईन्टरटेन्मेन्टको युट्युबमा हेर्न सकिन्छ ।

भिडियो