तिप्लिङ न्यूज
२०७६ फागुन २२

मकवानपुर हेटौंडाका गायक शुसिल थिङको बिलकुलै नयाँ नेपाली तामाङ सेलो गीत बजारमा आएको छ ।

यसपलि हिउदो महिनामा बोलको तामाङ सेलो ClickNepal युटुब च्यानल बाट सार्वजनिक भएको हो । ६ वटा गीत रेकर्ड गराइसकेता पनि गायक शुसिलको भिडियो भएको गीत भने पहिलोनै हुन ।

विभिन्न कारणका बाबजुत भिडियो गर्न नसकेका शुसिलले १४ बर्षको उमेरमै गीत रेकर्ड गराइसकेका थिए ।

भर्खरै मात्र सार्वजनिक भएको गीतको भिडियो भने काठमाडौ आसपासनै छायांकन गरेको बताउछन ।

आस्मान लोप्चनले निर्देशन गरेको भिडियोलाई छायांकन सम्पादन सुर्य लामाले गरेका हुन ।

भिडियोमा निर्देशक स्वयम् आस्मान लोप्चन , निरु थिङ , शुसिल थिङ र ममता मोक्तान को अभिनय रहेको छ ।

यसपालि हिउदो महिना बोलको गीतको शब्द रचन र संगीत समेत गायक शुसिल थिङलेनै गरेका हुन भने संगीत संयोजन दिपेश प्रधानको रहेको छ ।

गीत संगीतमा घर परिवारको सकारात्मक सहयोग भएकोले अब निरन्तर गीत संगितमै लाग्ने र एक पछि अर्को गर्दै स्रोता दर्शकलाई कोशेलि पस्किरहने बताउछन गायक शुसिल थिङ ।

भिडियो