तिप्लिङ न्यूज
मिति २०७६ फागुन १२ काठमाडौं

तिमि मेरो बोलको गीतको भिडियोमा हिरा बोम्जनको अंगालोमा पुनम जिरेल आएकि छिन । कथाले गीतको शब्दले मागेपछि पुनम हिराको अंगालोमा बेरिएकि हुन । प्रिमिल जोडिको प्रेम रहेको गीतको भिडियो राम्रै बनेको छ ।

सर्जक आदित्य बिक्रमको शब्द, गायक बिक्रम थापाको स्वर संगितमा सझिएको “तिमी मेरो” गीतको भिडियो बजारमा आएको छ । थापालाई स्वरमा गायिका स्मृति शाहिले साथ दिएकी छिन भने संगीत संयोजन बिसन मानन्धरको रहेको छ ।
निकै नै मन छुने शब्दहरु समाबेश गरिएको गीतको भिडियो दोलखा आसपासका अत्यन्तै रमणीय पर्यटकिय स्थलहरुलाई समेटिएर छायांकन गरिएको निर्देशक दिपक तामाङ बताउनुहुन्छ । यसरी कैद गर्नुको उद्देश्य त्यस स्थलहरुको प्रचारप्रसार होस भन्ने रहेको यसै गीतमा अभिनय गर्नु भएका कलाकार हिरा बोम्जनले जानकारी दिनुभयो ।

निर्देशक तामाङले नै सम्पादन गरेको भिडियोको कलरिङ छाया कृयसनले गरेको हो । भिडियोमा मोडल हिरा तामाङलाई पुनम जिरेलले साथ दिएकी छिन । भिडियो बिनि ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो ; https://youtu.be/b5LZxnyVXJw