तिप्लिङ न्यूज
मिति २०७६ फागुन ४ गते सिन्धुपाल्चोक

एमाले र माओवादीबिच पार्टी एकिकरण भएको झण्डै दुइ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्रीय कमिटी सिन्धुपाल्चोकको आयोजनामा पार्टी एकताको सन्देश दिने गरेर वृहत्त सभाको आयोजना भएको छ । गुरुङ तामाङ र शेर्पा  जातिहरुले मनाउने ल्होछारको अवसर पारेर सिन्धुपाल्चोकको खाँडिचौरमा नेकपाले शक्तिप्रर्दशन गरेको हो ।

दुइ पार्टी एकिकरण भएर गाउँ स्तरसम्म कमिटी गठन भएपछि पार्टी भावानात्मक रुपले एक भएको सन्देश तल्लो तहसम्म दिनका लागि सभा गरिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बामपन्थी एकता गरेर चुनावी प्रतिस्पर्धामा भाग लिएपनि पार्टी एकता पछि पहिलो पटक निकै तामझामका साथ नेकपाले पहिलो पटक जिल्लामा यसरी कार्यक्रम गरेको हो ।

नेकपाका वरिष्ठ नेता एवम पुर्व प्रधामन्त्री झलनाथ खनालको सहभागीतामा नेकपाका केन्द्रीय स्तरका नेताहरु सहभागी भएको कार्यक्रममा नेताहरुले जनताको स्तरसम्म नै नेकपा एकताबद्ध भएको र अब कुनै पनि शक्तिले नेकपालाई हलाउन्न नसक्ने सामुहिक उत्घोष गरेका थिए ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेकपाको नौ स्थानीय तहमा एकल बहुमत रहेको छ । नेकपाले आयोजना गरेको शक्ति प्रर्दशनमा क्षेत्र नम्बर १ का सबै स्थानीय सरकारका प्रमुखहरु समेत सहभागी भएका थिए ।

चुनावी सभाको झल्को दिने गरी भएको आमसभामा नेकपाले सयौंका संख्यामा अन्य दलका कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गराएको थियो । पार्टी प्रवेश गराउनको संख्या टिप्न र त्यसलाई व्यवस्थीत गराउनका लागि नेकपा प्रदेश सभा सदस्य अमृता नेपालको संयोजकत्वमा कार्यक्रम स्थलमा तिन सदस्य डेक्स नै खडा गरेको नेकपाका नेता एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

चुनावपछि पहिलो पटक यसरी वृहत्त कार्यक्रमको आयोजना गरिएकाले नेकपाले गाउँ गाउँबाट स्थानीयलाई सभामा उतारेको थियो । प्रत्येक गाउँबाट सास्कृतिक झाँकीसहित सयौंको संख्यामा नेकपाका नेता कार्यकर्ताहरु अबेरसम्म पनि कार्यक्रम स्थलमा आएका थिए ।

आमसभामा नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठ,नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य मोहनबहादुर तामाङसहित ५ सय बढी नेकपामा प्रवेश गरेको नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले दाबी गरे । इन्द्रावती गाउँ पालिका वडा न ४,९ र १० बाट नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्ने सयौ साथीहरूलाई नेकपाले हार्दिक स्वागत गरेेेेका छन ।

इन्द्रावति गाउँ पालिका वडा न १० भोटसिपा बाट नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रबेश गर्नु भएका मोहन बहादुर तामाङ,गणेशमान तामाङ, रमेश आचार्य,प्रेम तामाङ हरि तामाङ तेज तामाङ लागाएत ४५ जना र वडा न ९ भोटसिपा बाट नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रबेश गर्नुहुने – यस बहादुर तामाङ UK,सौगात तामाङ रेशम तामाङ मिलन तामाङ ( राम ब तामाङ ) सन्जिब तामाङ प्रेम बहादुर तामाङ चिन बहादुर तामाङ जुन ब तामाङ कृष्ण बहादुर तामाङ र राम बहादुर तामाङ लगाएत २५ जनाको समूह र इन्द्रावती ४ नवलपुर काङ्ग्रेसका पुरानो इमान्दार नेता राधाकृष्ण श्रेष्ठ लगाएत सयौ जना नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रबेश गर्नु भएको छ । नेकपामा प्रवेश गर्नेहरुलाई नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले स्वागत गरेका थिए ।

मौलिक खान्दोकेे सेलो