तिप्लिङ न्यूज
मिति २०७६ माघ २७ सिन्धुपाल्चोक

२८५६ औं जिवा ल्हो सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका वडा ९ भोटसिपामा छ्योर्तेन राप्ने संगै ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

वडा-९ का वडा अध्यक्ष बाबुराम लामाको सभापतित्वमा सम्पन्न भयको उक्त ल्होछार कार्यक्रममा प्रमुख अतिथि पुर्व कानुन मन्त्रि शेर बहादुर तामाङ हुनुहुन्थ्यो भने अतिथिहरु क्रमश सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सभापति कृष्ण गोपाल तामाङ , लामा गुरु छेवाङ नुर्बु , नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल , इन्द्रावति गाउँ पालिका प्रमुख बंसलाल तामाङ हुनुहुन्थ्यो ।

भब्य रुपमा सम्पन्न कार्यक्रममा राष्ट्रिय कलाकार एवम स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति भएको थियो ।

राष्ट्रिय कलाकार गायक योगेश लामा , गायक आस्मान लोप्चन , गायिका रोस्ना लुङबा , कलाकार बुद्ध लामा संगम र कलाकार अनुष्का दोङको प्रस्तुतिमा भोटसिपा वासि मज्जाले झुमेका थिए ।

आफ्नो भाषा , संस्कार संस्कृतिको जगेर्ना गर्न हामी आफ्नो ठंगबाट लागि पर्नु पर्ने बताउदै प्रमुख अतिथि शेर बहादुर तामाङले हाम्रो
संस्कारमा रक्सिको छुट्टै महत्व हुने भएकोले अब कोदोको लोकल रक्सिलाई पनि बिदेशि बोतलको रक्सिलाई जसरि स्थानिय स्तरमा उत्पादन भएको चिजलाई प्रोत्साहन एवम बजार ब्यबस्थापनमा सरकारि तवर बाट पनि स्वीकृति दिनुपर्ने बताउनु भयो ।

कार्यक्रम सफल बनाउन जन प्रतिनिधि एवम स्थानिय समुदायको ठुलो सहयोग भएकोले सबै स्थानिय समुदायलाई एवम जनप्रतिनिधिलाई आयोजक टिमको तर्फबाट संयोजक लायुर लामाले विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।