तिप्लिङ न्यूज
मिति २०७६ माघ २०
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका वडा नम्बर ९ भोटसिपा साङखोलामा निर्माण सम्पन्न छोर्तेनको राप्ने संगै बृहत् सांस्कृतिक कार्यक्रम हुने भयको छ ।

माननीय पुर्व कानुन मन्त्रि शेर बहादुर तामाङको प्रमुख आतिथ्यता एवम लामा गुरु दोर्जे लोपेन छेवाङ नुर्बुको विशेष आतिथ्यतामा सु-सम्पन्न हुने कार्यक्रमको यतिबेला भब्य तयारि भैरहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने छ । गायक योगेश लामा , गायक आस्मान लोप्चन , गायिका रोस्ना लुङबा, मोडल बुद्द कुमार लामा (संगम) र नृत्य कलाकार अनुष्का दोङको सांगितिक प्रस्तुति रहने यस कार्यक्रमको आयोजना भने वडालेनै गरेको हो ।

मिति २०७६ माघ २३ गते छोर्तेन राप्ने संगै पुजा पाठ हुनेछ भने माघ २४ गते बृहत् रुपमा सांगितिक कार्यक्र हुने सोही वडाका वडा अध्यक्ष बाबुराम लामाले जानकारि दिनुभयो ।

कार्यक्रम विहानको ११ बजे भोटसिपाको छोर्तेन रहेको साङखोला चौउरमानै हुनेछ ।

२८५६ औं जिवा ल्हो सोनाम ल्होछारको सबैलाई शुभकामना दिदै ल्होछारको अवसरमा आयोजित ल्होछार कार्यक्रममा सबै वडाबासि गाउँबासि एवम सिन्धुबासिमा उपस्थिति भई कार्यक्रमको शोभा बढाईदिन समेत आयोजकले अनुरोध गरेका छन ।

भिडियो: