तिप्लिङ न्यूज
मिति २०७६ माघ १८ सिन्धुपाल्चोक

मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुल मेलम्चीमा सरस्वती पुजाको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगर पालिका.वडा न.११ का वडा अध्यक्ष श्री रुद्र प्रसाद दुलालको प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष दिनेश बस्नेत ज्युको सभापतित्वमा सम्पन्न भएको थियोे ।

शुभकामना मन्तव्य दिदै को-अडिनेटर रिता श्रेष्ठले सम्पूर्ण उपस्थित अतिथि ,अभिभावक ज्युहरु लाई कार्यक्रममा स्वागत गर्नु भएको थियोे । प्रमुख अतिथिको हातबाट दिक्षान्तर हुने यु के जि का सानासाना नानीहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियो । सान साना नानीहरूले नृत्य तथा विभिन्न जातीको पहिरनमा फेसन सो गरेका थिए । अतिथि राम कृष्ण चालिसे ज्युले पहिलो SEE परिक्षामा जसरी जिल्ला प्रथम भएको थियो अागामी परिक्षामा पुन प्रथम हुन शुभकामना दिनु भयो ।

संस्थापक अध्यक्ष पुष्कर प्रसाद धितालले यस विद्यालय जिल्लामै नमुना विद्यालय भएकोले यस विद्यालयको प्रगति र उन्नतिका लागि सधैं साथ सहयोग हुने कुरा व्यक्त गर्नु भएको छ ।विद्यालयमा सम्पन्न MCSS सिङ्गिङ्ग एण्ड डान्सिङ्ग अाइडल सिनियर तथा जुनियर तर्फबाट बिजयी विद्यार्थीहरू लाई विद्यालयका नृत्य प्रशिक्षक चुडामणिा फुयाल ले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रम संचालन नेपाली शिक्षक बेदलाल दुलालले गर्नु भएको थियोे ।

कार्यक्रम समापन गर्दै विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति दिनेश बस्नेत ज्युले विद्यालयको उन्नति र प्रगतिको लागि सबैलाई साथ र सहयोग गर्न अनुरोध गर्दै कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण शिक्षक,विद्यार्थी ,कर्मचारी तथा अभिभावक लाई धन्यवाद दिनुभयो ।

भिडियो-