तिप्लिङ न्यूज
मिति २०७६ माघ ९ काठमाडौं

मन्जुश्री सम्बत २८५६ जिवा ल्हो सोनाम ल्होछारको अवसरमा २०७६ माघ ८ गते नेपाल तामाङ सस्कृति घेदुङ द्वार आयोजीत शुभ-कामना आदन प्रदान तथा चियापान कार्यक्रम भब्य रुपम सम्पान्न भएको छ ।

सस्कृति घेदुङको संघिय अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल तामङ घेदुङको संघिय बरिष्ठ उपाध्यक्ष बेली लामा, सस्कृति घेदुङको सल्लाहाकार तथा नेपाल तामङ घेदुङको संघिय उपध्यक्ष कुमार घिसिङ,  प्रमुख सल्लहकार प्रेम लो,अन्तराष्ट्रिय तामङ परीसद दक्षीण यसीयाको उपाध्यक्ष कुमार ब्लोन, अन्तराष्ट्रिय तामङ परीसदका सचिव रबीन थिङ,अन्तराष्ट्रिय तामङ परीसद पुर्ब सचिब प्रतिक ङेसुर,बरिष्ठ सेलो गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ लगायतका अतिथि हरुले ल्होछारको ऐतिहासिक परम्पराको चर्चागर्दै सुभाकामना आदान प्रदान भएको थियो।

कार्यक्रमको बिचमा नेपाल तामाङ संस्कृति घेदुङको छैटौं अधिबेसनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समेत गरेको थियो ।

भिडियो