तिप्लिङ न्यूज
२०७६ माघ ५ काठमाडौं

गोरो वर्ण , हँसिलो मुहार ,चट्ट मिलेको जिउडाल मीठो आवाज भएको एक युवा गायक जस्को यतिबेला मोहनिको चर्चा चलिरहेको छ । मोहनि लाउन जान्छन जान्दैनन , मोहनि लाग्यो लागेन भन्ने कुरामा दुई मत छैन । मीठो आवाजले स्रोता दर्शकलाई मोहनि लगाईसकेको छ ।

केहि समय अगि मात्रा गायक प्रदिप लामाको शब्द तथा स्वरमा रहेको गीत मोहनि लाईदिउकि सार्वजनिक भएको थियो । जोगलाल लामाको संगीत एवम पवन वाङ लामा र जोगलाल लामाको संयुक्त संगीत संयोजन रहेको गीतको भिडियोमा किरण लाकोल र सलिना पुन मगरको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई छेवाङ लामाले निर्देश गरेका हुन भने सन्जित श्रेष्ठले छायांकन गरेका छन । भिडियोमा रङ्गरोगन र छाँटकाट गरेर मिलाउने काम भने बिजेस पौडेल द्वारा सम्पन्न भएको छ ।

स्कुले दिनहरु देखिनै गीत गाउने प्रदिप प्रहरी बनेर देशको सेवा गर्न चाहान्थे । प्रहरीको माथिल्लो ओदामा पढेर नाम निकाल्ने चाहाना हुदा हुँदै पनि विविध कारणले प्रदिप पछि परे।

२०७० सालमा औपचारिक रुपमा गीत रेकर्डिङ गरायर गायनमा हात हालेका गायक यतिबेला गीत संगीतमै निरन्तर छन । एक पछि अर्को गीत निकाल्ने क्रममा धेरै गीत गाइसकेका छन गायक प्रदिपले ।

बगीमा जाने , बरुवाको ठिटो, ए निष्ठुरी , रिग्जिन वाङमो (टिब्याटेेन गित) , गाउछु म तामाङ सेलोमा , मायालुले , तिम्रो माया दामि, मन मनै, मोहनि लाईदिउकि जस्ता गीतहरु उनैका हुन । अब चाँडैनै सम्झना मनैमा  ,बिदेशीनु कर्मैमा लेखियो , माथि त सोलु लुक्लामा , हेलम्बु माथि जस्ता बोलका गीतहरु बजारमा आउदै गरेको बताउछन ।

आफ्नै गीतमा मात्र नभइ अन्य गायक गायिका हरुको युजिक भिडियोमा समेत अभिनय गरिसकेका प्रदिप गायक संगै मोडल पनि हुन । राजु लामाको अाधा रोगी , संजय गोलेको सलल बग्ने ,जाउ हिड मैच्याङ र बिक्रम वाईबाको पराइको माया बोलको गीतहरुमा प्रदिपको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिभाका कारण देश तथा बिदेशका विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिसकेका उनले देशका विभिन्न जिल्ला र बिदेशमा दुबई (UAE) लगायतका देशमा पुगेर आफ्नो गीत सुनाइसकेका छन ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउपालिका वडा -२ वरुवा सिमपनिमा जन्मेका गायक भन्छन गायनलाई पेशागत रुपमा अगाडि बढाइरहदा कमाउने रमाउने भबिष्य बनाउने सबै एकैचोटि भइरहदा असहजता भयता पनि गित संगितलाई निरन्तरता दिने बताउछन ।

भिडियो मोहनि लाइदिउकि