तिप्लिङ न्यूज,

मिति २०७६ माघ १ काठमाडौं

तामाङ कथानक चलचित्र “म्युङ पुजू” काठमाडौ जमल नाचघरमा भब्य रुपमा प्रिमियर सो गरि प्रदर्शन गरेको छ ।

औपचारिक कार्यक्रम गरेर प्रिमियर सो भएको कार्यक्रमको सभापतित्वमा तामाङ सुपर स्टार डम्फु मिडियाका प्रमुख एवम नायक अमिर दोङ र प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुन नेपाल हुनुहुन्थ्यो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पुर्व सांसद एवम नेकपा सिन्धुपाल्चोकका जिल्ला सचिव दावा तामाङ , विशेष अतिथि नेपाल तामाङ  चलचित्र विकास वोर्डका अध्यक्ष बिकु बहादुर थोकर अतिथिहरुमा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको अध्यक्ष रेसम स्याङबो , नेपाल आदिवासि जनजाति महासंघ सिन्धुपाल्चोकका सचिव मिलन तामाङ , जुगल गाउँ पालिकाका उप प्रमुख सृजना तामाङ , जुगल गाउँ पालिका युवा नेता जय बहादुर तामाङ , वडाध्यक्ष जंग तामाङ लागयतका ब्यक्तित्वहरु उपस्थिति हुनुहुन्थ्यो ।

प्रमुख अतिथि अरुन नेपालले डम्फु बजाएर उत्घाटन गरेको कार्यक्रममा स्वागत मन्तब्य भने चलचित्र युनिटको तर्फ बाट गायक आस्मान लोप्चले दिएका थिए । कार्यक्रममा गायक लोप्चनले सांगितिक प्रस्तुति समेत दिएका थिए ।

संक्रान्तिको दिन प्राय गाउँ घरमा संक्रान्ति मनाउन गएता पनि हलमा दर्शको बाग्लो उपस्थिति थियो। चलचित्र प्रदर्शन हुँदै गर्दा हलभरि वाह ! वाह ! र तालिले हलनै गुन्जिरहेको थियो भने  चलचित्र सकिसकेपछि सबैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

चलचित्रमा कथा, गीत र अभिनय सबै पाटो बलियो देखिन्छ । यो चलचित्र प्रेम गोले र ईश्वर लामाको प्रस्तुतिमा कान्छीमाया गोलेले निर्माण गरेको हो । डम्फु मिडिया प्रा.लि.को ब्यानरमा बनेको चलचित्रलाईअजय स्याङ्तानले निर्देशन गरेका हुन ।

केही समय अघिमात्र डम्फु मिडियाबाट ट्रेलर समेत सार्वजनिक गरिसकेका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा प्रेम गोले , इश्वर लामा र सुस्मा मोक्तानको भुमिका प्रमुख देख्न सकिन्छ । दुई नायक एक नायिका चलचित्रमा उभिदा नायिका कास्को हुन्छिन त भन्ने कुरा चलचित्र हेरेपछि मात्र थाहा  पाउनु हुनेछ ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै चलचित्रमा भुईसाल लामा, राजकुमार स्याङतान वीर बहादुर गोले(विजय) , डोल्मा वाईबा, अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

४ वटा गित समाबेश गरिएको यस चलचित्रमा संगितकार विशाल काल्तान, प्रयास दोङ रछेवाङ तेन्जिङ लामाको रहेको छ भने गीतमा स्वर विशाल काल्तान, जितु लोप्चन र छेवाङ तेन्जिङ लामाले दिएका छन । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

भिडियो