तिप्लिङ न्यूज
२०७६ पुस ५ काठमाडौं
आस्मान तामाङ

पेमा लामाको शब्द तथा संगितमा तामाङ सेलो ल्होछार गीत बजारमा आएको छ । २०७१ साल देखि औपचारिक रुपमा गीत रेकर्ड गरेका गायक पेमा लामा निरन्तर गीत संगितमै छन ।

काभ्रे जिल्लाको काभ्रेपलान्चोक , तेमाल गाउँ पालिका वडा- ९ चोपाटारका पेमाले आधा दशकमा आधा दर्जन गीत गाईसकेका छन ।

ल्होछार खाजि, चु ह्युल ह्योङजि सांगुल्से, सैलुङ ल्हाला, सिम्बुला जात्रा, सारैनै राम्रि , लभ सङ्ग – डेन्बा माया जस्ता गीतहरु पेमाकै हुन ।

पछिल्लो चरणमा पेमा लामाको शब्द तथा संगितमा एउटा ल्होछार गीत बजारमा आएको छ जुन गित नव गायक ग्याल्बो वाईबाले गाएका हुन । ल्होछार गीत भिडियो सहित सार्वजनिक गरेको हो ।

महेस तामाङको निर्देशन छायांकन र सम्पादन रहेको भिडियोमा दुछेन क्रिउका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सिन्धुपाल्चोक मेलम्चि नगरपालिका दुवाचौर छापका हुन नव गायक ग्याल्बो वाईब।

भिडियो हेर्नुहोस