तिप्लिङ न्यूज
मिति २०७६ पुस ४ काठमाडौं
आस्मान तामाङ

काठमाडौंको माथि भिरको डाँडा , भिरको मुनि एउटा हरियाली जंगल त्यहि जंगलको बिचमा एउटा तामाङ बस्ति छ,मोक्तान टोल । गोकर्णेश्वर नगरपालिका वडा नम्बर – ३ तारेभिरको मोक्तान टोलमा आप्पा राम ब तामाङ मोक्तान र आमा सुकुमाया तामाङ गोलेको कान्छो छोराको रुपमा जन्मिएका हुन गायक गोपाल तामाङ- सोनाम । गोरो वर्ण , मिलेको जिउडाल,हाँसिलो मुहार, मिजासिलो सोभाव उमेरले तीन दशक पुग्न लागेका गायक गोपाल तामाङ (सोनाम) गीत संगितमा भने नयाँनै हुन । औपचारिक रुपमा केही महिना अगि मात्र गीतको भिडियो सहित बजारमा ल्याएता पनि स्वरमा निखार्ता, मधुर्ता र परिपक्वता देखिन्छ ।

विद्यार्थी जीवन देखिनै गीत संगितको रहर गर्ने उनी अन्तर विद्यालय स्तरिय गायन प्रतियोगिताहरुमा समेत सहभागी हुन्थे । सहभागी हुने क्रममा कहिले प्रथम त कहिले दृतिय कुनै न कुनै स्थान हाँसिल गरेकै हुथ्यो। त्यो देखेर बिद्यालयका शिक्षक गुरुबर्गले भोलि गएर गीत संगितमा लागेर गोपालले केही गर्छ भन्दा – गीत संगितमा लागेर केही बन्छु भन्ने सोच गोपालको कलिलो मष्तिस्कमा उतिबेलै परेको थियो ।

गीत संगितमा लागेर केही गर्छु केही हुन्छु भन्ने कलिलो मष्तिस्कमा परेको छापले अहिले उनलाई गायक बनाएको छ । केहि समय अघि मात्र भिडियो सहित गीत बजारमा ल्याएका थिए। उनको गीत (बरी लैलै) लाई स्रोता दर्शकले मन पराएका छन । छोटो समयमा धेरै स्रोता दर्शकले युटुबमा हेरिसकेको उक्त बरी लैलैमा शब्द संगित भने आसुसेन लामाको रहेको छ।

महाराज थापाको संगित संयोजन रहेको गीतको भिडियोमा गायक स्वयम् र निरान्जलि लामाको अभिनय देख्न सकिन्छ । युवराज वाईबाको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन ।

पहिलो गीतको भिडियो सहित बजारमा ल्याउदा केहि तितो मीठो अनुभव भएको बताउछन गायक गोपाल सोनाम । सोचेभन्दा बढि लगानी त भयो तर सोचे जस्तो सहज तरिकाले काम भने नभएको उनको तितो अनुभव छ । सुरुमा कतिपय संचारमाध्यामका साथिहरुले प्रचार गरिदिन्छु भन्दै पैशा लगेर प्रचार त के प्रचारको प्र समेत नभयको सुनाउछन । तितो मीठो जस्तो सुकै अप्ठ्यारो आएता पनि गीत संगितमा निरन्तर लागिरहने अठोट लिएका उनले अब चाँडैनै नेपाली तामाङ सेलो र ल्होछार गीत बजारमा ल्ययाउने भएको छ  ।

बरिष्ठ संगितकार चन्द्रकुमार दोङको संगितमा रहेको गीत – उभो उभो ज्योथान लेकैमा बोलको गीत बजारमा ल्याउने तयारि गरिरहेको छ। अबका दिनमा तामाङ सेलो, लोक पप, लोक दोहोरि र आधुनिक सबैखाले गीत संगित स्रोता दर्शकलाई पस्कने बताउछन ।

गायक गोपाल तामाङ सोनामको पहिलो भिडियो :- बरि लै.लै