तिप्लिङ न्यूज
२०७६ मंसिर ४ काठमाडौं
आस्मान तामाङ

गायिका अन्जु लामा थोकरको तामाङ सेलो “सुन सुन साथी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका ७ नागीका अन्जु बिगत ४ वर्ष देखि गायन क्षेत्रमा निरन्तर छिन । उनको पहिलो गित “नोबाला सिन्धुली” बोलको गित जस्मा शब्द भरत घ्लान र संगित फुलकुमार बोम्जनको रहेको थियो ।

त्यसपछि उनको अन्य चर्चा छाउन सफल गितहरुमा मुनाल जोडि, सिङ्सोर म्हेन्दो रि, हिमालको चौंरी, आनि कि छोरी, आफ्नै गित छन् । र यो बिल्कुनै नयाँ कोसेली सुन सुन साथी लिएर पुनः श्रोता दर्शक माझ आएकी हुन् ।

यस गीतमा शब्द संगित सुसन लामाको रहेको छ । लामाले सार्वजनिक कार्यक्रममा केटा भएर केटिको भावमा गीत लेख्न साह्रै गाह्रो हुने आफ्नो भावना व्यक्त गरे । संगित संयोजन नोर्बु शेर्पाले गरेका हुन भने मिक्सिङ सुमन खड्काले गरेका छन ।

सुन्दर मुहारकी धनी अन्जु आफैले भिडियोमा अभिनय समेत गरेकी छिन, उनलाई दोर्जे लामाले साथ दिएका छन । अजय स्याङ्तानले निर्देशन अनि सम्पदन गरेको भिडियोलाई बिक्रम मोक्तानले छायांकन गरेको हो । गितको शब्द सोल्टा र सोल्टिनी बिच हुने प्रशंसानिय छन र भिडियोमा समेत त्यस्तै दृश्य देख्न सकिन्छ ।

भिडियो :