तिप्लिङ न्यूज
मिति २०७६ कार्तिक ३० सिन्धुपाल्चोक

प्राकृतिक सौर्न्दर्यले सुशोभित चौतारा सांगाचोकगढि नगरपालिका वडा -९ जितपुरमा रहेको श्री गोल्मादेवि माध्यमिक विद्यालय २०७२ साल बैशाख १२ गतेको विनासकारि महा भुकम्पले क्षत विक्षत भएको थियो ।

क्षत विक्षत भए पश्चात एशियालि विकास बैंक ADB को वित्तिय आर्थिक सहयोगमा निर्माण भएको १६ कोठे पक्कि भवन उत्घाटन तथा हस्तान्तरण मुल समारोह हिजो सम्पन्न भयको छ।

भवन उत्घाटन तथा हस्तान्तरण मुल समारोह विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम तामाङको सभापतित्व एवम संघिय प्रतिनिधि सभा सदस्य , पुर्व मन्त्री अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयको हो ।

कार्यक्रममा चौतारा सांगाचोकगढि नगरपालिका चौताराका मेयर अमान सिं तामाङ , विभिन्न पार्टीका पार्टी प्रतिनिधि , आसपासका विद्यालयका प्रधानाध्यापक एवम प्रतिनिधि र स्थानिय तहका जनप्रतिनिधि, वडा -९ का वडा अध्यक्ष बिष्णु लामा लागाएत सरोकारवाला हरुको बाग्लो उपस्थिति रहेको थियो ।

वि स २०३९ सालमा स्थापना भयको विद्यालय महाभुकम्पले वि स २०७२ सालमा क्षत विक्षत भएपछि कुरुप रहेको विद्यालय अहिले सुन्दर र सुविधायुक्त भवन पाउँदा विद्यार्थी र अभिभावक सबै खुशि भएका छन ।

यो खुशिको क्षणमा अझै रमाईलो प्रदान गर्न राष्ट्रिय कलाकार अनिश योन्जन र आस्मान लोप्चनले सेलो गीत प्रस्तुत गरेर थप मनोरञ्जन दिलाएका थिए ।

सुविधायुक्त भवनलाई जोगाइराख्न र प्रभावशाली शिक्षामा जोड दिन विद्यालय परिवारलाई प्रमुख अतिथि एवम पुर्व मन्त्री अग्नि प्रसाद सापकोटाले अनुरोध गर्नु भएको थियो ।

तामाङ चलचित्र म्यूङ पुजु