तिप्लिङ न्यूज
मिति २०७६ कार्तिक २९ सिन्धुपाल्चोक
आस्मान तामाङ

इ.स 2006 मा स्थापना भयको तामाङ सोसाइटी अफ यु.के ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

शिक्षा विना मानिसको जिन्दगी अध्यारो हुने भयकोले तामाङ सोसाइटी अफ यु.के ले शिक्षामा विशेष जोड दिएको हो ।

सिन्धुपाल्चोक र दोलखा जिल्लाको विद्यालयमा गरि ४१ जना विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क पढाईदिने प्रतिवद्धता सहित छात्रवृत्ति बाँडिएको छ ।

यु.के बाट नेपाल आउनु भयका तामाङ सोसाइटी अफ यु.केका अध्यक्ष अन्जु योन्जन सहितको टोलिले दोलखा जिल्लाको बैतेश्वर गाउँ पालिका वडा नम्बर ६ स्थित श्री बैतेश्वर आधारभुत विद्यालयका ८ विद्यार्थी र सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ३ स्थित श्री समाज विकास अाधारभुत विद्यालय खालेको ३३ विद्यार्थीलाई आवश्यक सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरुलाई विद्यालयको सर्ट, पाईट, ज्याकेट , झोला,जुत्ता , चप्पल,मोजा १/१ थान ,कपि १ दर्जन, सिसाकलम /कलम , पेन्सिल कटर र इरेजर वितरण गरेको हो । आगामि दिनमा अझै अन्य थप विद्यालय र विद्यार्थीहरुमाझमा आफुहरु पुग्ने अध्यक्ष अन्जु योन्जनले जानकारि दिनु भयो ।
हिजो खालेको श्री समाज विकास आधारभुत विद्यालयमा भने एक अौपचारिक कार्यक्रम गरेर छात्रवृत्ति वितरण गरेको थियो ।

चौतारा सांगाचोकगढि नगरपालिका वडा ३ का जनप्रतिनिधि वडा अध्यक्ष एवम सोही विद्यालयको ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर तामाङको सभापतित्वमा सम्पन्न भयको कार्यक्रममा प्रमुख अतिथि तामाङ सोसाइटी अफ यु.केका अध्यक्ष अन्जु योन्जन र विशेष अतिथि तामाङ सोसाइटी अफ यु.केकै महासचिव ज्ञान मोक्तान हुनुहुन्थ्यो ।

कार्यक्रममा युके बाट सोसाइटीका सचिव मणिराज तामाङ,पुर्व महासचिव देवराज तामाङ,सदस्य सल्लाहकार कला तामाङ र समाजसेवी विनोद योन्जन पनि साथमा हुनुहुन्थ्यो ।

कार्यक्रमको सहजिकरणका लागि बरिष्ठ गायक प्रेम लोप्चन , तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईबा , कोषाध्यक्ष सुवास मोक्तान , कलाकार संघकै सदस्य आस्मान लोप्चन र चौतारा गुम्बाका अध्यक्ष दान बहादुर लोप्चन पुर्णरुपमा लागि पर्नु भयको थियो ।

यस्तै कार्यक्रमका लागि नेपाल आइपुग्नु भयका टोलिले बलेफिए गाउँ पालिका वडा नम्बर ५ मा रहेको श्री जनसेवा आधारभुत विद्यालयका ३३ विद्यार्थीलाई पनि Estetica Dental Clinic को तर्फबाट छात्रवृत्ति प्रदान गरिएको छ।

गरिब, विपन्न , जेहेन्दार र बुबा आमा नभएका विद्यार्थीहरुलाई यसरी सहयोग गर्न पाउँदा मनमा छुट्टै किसिमको शान्ति मिलेको बताउनु हुन्छ तामाङ सोसाइटी अफ युकेका सचिव मणिराज तामाङ ।

आस्मान लोप्चनको मौलिक तामाङ खान्दोके सेलो भिडियो: