तिप्लिङ न्यूज
०७६ कार्तिक ०९ काठमाडौ
आस्मान तामाङ
थुप्रै तामाङ चलचित्रहरुको निर्देशन गरिसक्नु भएका चर्चित नायक तथा निर्देशक अमिर दोङले पहिलो पल्ट नेपाली कथानक चलचित्र सुर्य किरणको निर्देशन गर्नु भएको छ । जुन चलचित्रको आज पहिलो गित मैच्याङलाई र फिल्मको प्रोमो एक कार्यक्रमका बिच सार्वजनिक समेत गरेका छन ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनार उपस्थित हुनुभएको थियो । उल्लेख्य चलचित्रकर्मी, कलाकार तथा पत्रकारहरुको पनि उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यस चलचित्रमा सबिन श्रेष्ठ, मेलिना प्रजा, रन्जित तामाङ, कुइसाङ रुम्बा, मन्जु श्रेष्ठ, भुइसाल लामा, नोर्साङ दोङ लगायतको अभिनय हेर्न सकिनेछ ।
साथै बिशेष अतिथी कलाकारको रुपमा नेपाली चलचित्रका चर्चित नायिका केकि अधिकारी र तामाङ चलचित्रका चर्चित नायक अमिर दोङलाई देखिनेछ्न् ।
अमित चेपाङले निर्माण गरेको यस चलचित्र मेलिना प्रजाको प्रस्तुती रहेको छ । अति सिमान्तकृत एवम् अल्पसंख्यक चेपाङ समुदायबाट नेपाली चलचित्र निर्माण गरिएको यो नै पहिलो पल्ट हो ।
यस अघि चेपाङ जातिको सांस्कृतिक गीतको म्युजिक भिडियोहरू भनें निर्माण गरिसकेको छ ।
चलचित्रको कथा तथा पटकथा रितुराज पाख्रीन, द्वन्द निर्देशन राजु दोङको रहेको छ । संगित विशाल काल्तान र जोगलाल लामाको रहेको छ । मैच्याङलाई बोलको गितको निर्देशन सम्पादन अजय स्याङ्तानले गरेका हुन् भने बिक्रम मोक्तानको छायांकनमा सुर्य लामाले कलरिङ गरेका हुन् ।
मैच्याङ लाईमा विशाल काल्तानको शब्द, स्वर अनि संगितमा साथ जितु लोप्चनले दिएकी छिन । दिपेश प्रधानको संगित संयोजन रहेको छ । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा बनेको चलचित्र मंसिर २० गते देश ब्यापी रुपमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ ।
मैच्याङलाई भिडियो :