तिप्लिङ न्यूज
०७६ कार्तिक ९ गते भक्तपुर

तामाङ चलचित्रका नायिका सुनिता लुङ्बाको `तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक भयको छ।

भक्तपुरको सूर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी भिडियो युट्युवाट दर्शक माझ सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काभ्रे रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तानले नायिका लुङ्बाले गायन क्षेत्रमा समेत पाइला चलेकोमा खुशी व्यक्त गरे । अध्यक्ष मोक्तानले झण्डै एक दर्जन तामाङ चलचित्रहरुमा सफल अभिनय गरेर सफल भैसकेकी लुङ्बा गायन क्षेत्रमा सफल हुने बताए ।

तामाङ चलचित्र सङ्घका अध्यक्ष बिकु थोकरले अब लुङ्बा नायिका मात्र सीमित नभएको बताए । यसअघि समेत लुङ्बाको आवाजमा रहेको गीत सुनेको छु, लुङ्बाको अभिनयमा भएजस्तै आवाजमा पनि दम छ, अध्यक्ष थोकले भने, उनी धेरै कुरामा अब्बल छिन् ।

समारोहमा तामाङ कलाकार सङ्घका अध्यक्ष सञ्जीव वाइबा, तामाङ डजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल, नायक तथा निर्देशक अमिर दोङ लगायतले मन्तव्य राखेका थिए ।

भक्तपुरको विभिन्न रमणिय स्थलहरुको दृश्यले भरिएको गीतको भिडियोमा छायाङ्कन गरिएको भिडियोमा लुङ्बालाई अभिनयमा सन्दिप स्याङ्तानले साथ दिएको छ । तामाङ नायिका लुङ्बाको आवाजमा रहेको यो दोस्रो गीत हो ।

त्यसैगरी गीतको भिडियोको छायाङ्कनमा सूर्य लामा, निर्देशक प्रतिक ङ्यासुर, ड्रोन क्यामरामा प्रबिन लामा, शब्द संङ्गे ब्लोन, सङ्गीत विश्व दोङको रहेका छन् ।

भिडियो:-