तिप्लिङ न्यूज,                                                                  मिति २०७६ कार्तिक १ गते शुुुुक्रबार काठमाडौ 

उमेरले भर्खरै १७ पुगेकि ममता मोक्तान सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन चाहान्छन ।                               काठमाडौंमै जन्मिएका ममता यति बेला कक्षा १२ मा अध्यायन गरिरहेका छन । सृजना कलेज अफ फाईन आर्टस बाट नृत्य विधामै अध्यायन गरिरहेको उनको सांगीतिक भविष्य उज्ज्वलनै देख्न सकिन्छ ।

छोटो समयमा राम्रो प्रभाव जमाएका ममता मोक्तान बुबा विशाल मोक्तान र आमा राम माया योन्जनको जेठि छोरी हुन ।

१ बर्षमै आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसेका ममतालाई कलाकारितामा घरपरिवारको राम्रै सहयोग रहेको बताउछिन ।

अहिले सम्म ६ वटा म्युजिक भिडियोमा अभिनय गरेकि ममताको पहिलो डेब्यु भिडियो भने गायिका प्रिया लामा थोकरको आप्पाकि छोरि हो।

त्यस पछि क्रमश गायक सिदार्थ घिसिङको `ताल्चेलि घिसिङ´, गायक सन्तोष लामा वाईबाको `माथि माथि लेकमा´ , गायक आस्मान लोप्चनको `लेकमा जाँदा लेक लाग्ने´ , गायक सिदार्थ घिसिङकै `हिडछेउ बाटो´ र गायक अजय लामा अनि गायिका जितु लोप्चनको प्रेम गित फ्याङला माया लगायतको गितमा अभिनय गरेकि छिन ।

फाईन आर्टस् का विद्यार्थी ममता मोक्तानले अब चाँडैनै आफ्नो अभिनय रहेको अर्को भिडियो दर्शक माझमा आउने समेत बताएकि छिन । ममता मोक्तान भन्छिन- सांगीतिक क्षेत्र त्यसमा पनि अभिनयमा लागेर आफ्नो छुट्टै पहिचान बनाउछु जस्तो सुकै अप्ठ्यारो आइपरे पनि निरन्तरता दिने छु ।

भिडियि