तिप्लिङ न्यूज
०७६ असोज १३ काठमाडौं
आस्मान तामाङ

तामाङ कथानक चलचित्र म्युङ पुजुको दोश्रो गित “जकि जकि ए न्होङ्गै” को भिडियो सार्वजनिक भएको छ ।

अब्बल रुपमा नृत्य प्रस्तुत भयको यस भिडियोमा तामाङ चलचित्रका नायक प्रेम गोले र सुस्मा मोक्तानको दमदार प्रस्तुति देख्न सकिन्छ ।

वास्तवमै कुनै पनि चलचित्रमा जति माया पिरतिको गितको महत्व छ त्यतिनै नृत्य संग सम्बन्धित गितको पनि उत्तिनै महत्व राख्दछ । जस कारण यो गितले चलचित्रलाई थप आकर्षक बनाउने पक्का छ ।

भिडियोमा नायक प्रेम गोलेले गज्जबको नृत्य प्रस्तुत गरेका छन । उनको यो पहिलो डेब्यु चलचित्र भए पनि पुरानो कलाकारको जतिकै कुनै ठाउँ छैन । उनलाई नायिका सुस्मा मोक्तानले साथ दिएका छन । सुस्मा मोक्तान म्युङ पुजूका मुख्य नायिका हुन ।

अहिले सम्म सार्वजनिक भएको भिडियोहरुमा दुवैमा उनलाई देख्न सकिन्छ । त्यसैले पनि उनी कुन नायकको भागमा पर्छन त, भन्ने प्रश्नको उत्तर भने चलचित्र आएपछी मात्र थाहा पाउनेछन । जसका लागि छिट्टैनै चलचित्र दर्शक माझ ल्याउने जोडतोडको तयारि गरिरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्मित चलचित्रलाई कान्छी माया गोलेले निर्माण गरेका हुन भने अजय स्याङ्तानले निर्देशन गरेका हुन । नायक प्रेम गोले र नायक इश्वर लामाको प्रस्तुती रहेको चलचित्रमा नायिका सुस्मा मोक्तानको जोडदार अभिनय हेर्न सकिनेछ ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबा तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै अन्य कलाकारहरुमा वीर बहादुर गोले तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

यस गितमा संगित प्रयास दोङ, स्वर विशाल काल्तान र जितु लोप्चनले दिएका छन। शब्द कुमार स्याङ्बा को रहेको छ भने संगित संयोजन दिपेश प्रधानले गरेका हुन ।

भिडियो:-