तिप्लिङ न्यूज
०७६ असोज ११ काठमाडौं
आस्मान तामाङ

गायक साम्तेन मोक्तान सेलो भाका नक्कलि मैच्याङ बजारमा आएको छ ।

छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइएको यस गीतमा गायिका जितु लोप्चनले आवाज दिएर साथ दिएका छन ।

छेडुप मोक्तानको शब्द र प्रतिक मोक्तानको संगित रहेको सेलो गीतलाई नोर्बु शेर्पाले संगित संयोजन गरेको हो ।

अभि मगरको निर्देशन रहेको यस गितको भिडियोमा BD Crew को दमदार नृत्य र अभिनय देख्न सकिन्छ ।

ClickNepal को युटुब च्यानल बाट अडियो गीत मात्र अपलोड गर्दा समेत ५०००० (पचास हजार) भन्दा बढि दर्शक स्रोताले हेरेको यस गितको भिडियो पनि सबैले मन पराउने आशा गरेका छन निर्माण पक्षले ।

गीत गाउने राम्रो क्षमता भयको गायक साम्तेन मोक्तानको अब चाँडैनै अर्को गीत पनि बजारमा आउदै छ ।

कैलाश गाउपालिका साविक डाँडा खर्का ओडा नम्बर ५ मकवानपुर जन्मेका गायक साम्तेन मोक्तान हाल बारा जिल्ला निजगढ नगरपालिका १३ भक्तालाल डम्बरपुरमा रहेरै आफ्नो सांगितिक यात्रा अघि बढाईरहेका छन ।

नक्कलि मैच्याङको भिडियो :