तिप्लिङ न्यूज
०७६ असोज १० काठमाडौं
आस्मान तामाङ

सांगितिक यात्रामा आफ्नो पहिलो पाइला चालेकि सिन्धुपाल्चोक हेलमबुको ह्योल्मोलि चेलि सोनाम दोङबा ह्योल्मोले पर्देशिको कथा ब्यथामा आधारित पर्देशि छोरी बोलको गित भिडियो सहित बजारमा ल्याएको छ ।

आसुसेन लामाको शब्द तथा संगित रहेको गितमा श्याम राई , डोमा ह्योल्मो र वर्षा थिङको अभिनय देख्न सकिन्छ ।

कोरियामै बसेर आफ्नो सांगितिक यात्रा अघि बढाईरहेकि उनी ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको सचिव र अनलाईन रेडियो गोर्खाको Rj समेत हुन ।

आप्पा छेसाङ लामा ह्योल्मो र आमा न्होर्कि ओमु ह्योल्मोको प्यारि छोरी सोनामको सानैदेखि गित संगितमा रुचि भएपनि बल्ल अहिले गित गाउने अवसर जुरेको बताउछिन ।

युवराज वाईबाको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन ।

पहिलो गित भयकोले कमि कम्जोरि हुनसक्ने तर अागामि दिनमा यो भन्दा अझै उत्कृष्ट गित पस्कने गयिक सोनाम दोङबा ह्योल्मोले बताएकि छिन ।

भिडियो: