तिप्लिङ न्यूज
०७६ असोज ६ गते सिन्धुपाल्चोक

नेपाल तामाङ घेदुङको बिभागिय संस्था नेपाल तामाङ संस्कृती घेदुङ सिन्धुपाल्चोक जिल्ला कार्यसमिति गठन भएको छ ।

भर्खरै गठन भयको नयाँ कार्य-समितिमा सर्वसम्मत चयन हुनुभयको छ गायक आस्मान लोप्चन ।

आस्मान लोप्चनको संयोजकत्वमा सिन्धुपाल्चोकका तामाङ कलाकर्मिहरुको उल्लेख्य उपस्थितिमा प्रथम भेलाले पुर्णता पाएको छ ।

कार्यक्रम चौतारा साँगाचोक गढी नगरपालिका मेयर अमान सिं तामाङको प्रमुख आतिथ्यता , नेपाल तामाङ संस्कृति घेदुङ संघिय महासचिव एवम गायक तथा संगितकार छेवाङ तेन्जिङ लामा तामाङ र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रेशम स्याङ्बोको विशेष आतिथ्यतामा समपन्न भयको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा निर्वाचित प्रायः स्थानीय तहका तामाङ वडा अध्यक्षहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । भेलामा स्थानीय जनप्रतिनिधिहरुले कार्यक्रमको सेरोफेरोमा रहि आ-आफ्नो मन्तव्य राख्दै गर्दा बिशेष अतिथिहरुले नेपाल तामाङ घेदुङले गर्दै आएको र अब भावी दिनहरुमा गरिने योजनाहरुको बारेमा प्रष्ट पारे ।

भेलाबाट आस्मान लोप्चनको नेतृत्वमा उपाध्यक्ष जेबि जिम्बा, सचीव प्रीतम कुमार तामाङ र कोषाध्यक्षमा अनुस्का दोङ लगायतको २१ सदस्यीय कार्यसमिति गठन गरे । सदस्यमा रोस्ना लुङ्बा, आशा तामाङ, सुनिल तामाङ, प्रेम तामाङ, इश्वर तामाङ, निमा तामाङ पाख्रीन, निमा डोल्मा तामाङ, लाक्पा दोर्जे तामाङ, फुलमाया (बिनिशा) तामाङ, सन्देश तामाङ, तेज  थिङ, दिनेश तामाङ, हिमाल दोङ , भुमी लोप्चन , सुरेन छिमि , मन्जु थिङ , सुरेश तामाङ रहेका छन ।

कार्यक्रमलाई सम्बोधन निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बदाई दिँदै प्रमुख अतिथी चैतारा साँगाचोक गढी नगरपालिका मेयर अमान सिं तामाङले तामाङहरुको भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने सम्पुर्ण कार्यहरुमा आफू हर तरिकाले सर-सहयोग गर्न तत्पर रहेको बताउनुभयो । वर्षौं देखि आफू तामाङ अधिकारको पक्षमा लढ्दै आएको एक व्यक्ति भएको नाताले सबै तामाङहरुको समस्या आफ्नै जस्तो लाग्ने कारण कोहि कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्र नाचगान सहित भब्य रुपमा सम्पन्न भयको थियो भने कार्यक्रमा अनुस्का दोङ, ममता मोक्तान र बिनिशा पाख्रिनले नृत्य प्रस्तुत गरेका थिए । गायक आस्मान लोप्चन, प्रितम तामाङ, निमा पाख्रिन र सन्देश लामाले गित समेत गायर रमाइलो प्रधान गरेको थयो ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा प्रचलित भाका खान्दोके सेलो मार्फत गरिएको स्वागत गितको भिडियो :
https://youtu.be/9EgbQudi