तिप्लिङ न्यूज, आस्मान तामाङ 
०७६ भदौ २९ गते काठमाडौ

नेपाल तामाङ कलाकार संघको १२ औं साधरण सभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा निरबिरोध पुन: सन्जिब वाईबा अध्ययक्ष हुनु भयको छ।

नव-निर्वाचित कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष -बिश्व दोङ तामाङ, उपाध्यक्ष शासिकाल मोक्तान तामाङ,महासचिव बिशाल काल्तन , सचीव रोशन फ्युबा तामाङ, कोषाध्यक्ष सुबास मोक्तान निर्वाचित भएका छन।

सदस्यहरुमा चाँदनी मोक्तान,फुल कुमार बोम्जन,निर्मला घिसिङ,बुद्ध लामा, कुमार स्यङ्बा, कुमार तामाङ, जितु लोप्चान, मिङ्स लामा,प्रयास दोङ, बैरागी मोक्तान,योगेश लामा गरि हाल १७ जनाको कार्यसमिति र जोग लाल लामा आस्मान लोप्चन र खेम मोक्तान सदस्यहरु पहिलो बैठकबाट मनोनीत गरिने बताईएको छ।

“सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको बिकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता !! भन्ने मूल नाराका साथ बि.स २०६३ मा स्थापित सस्था नेपाल तामाङ कलाकार संघको १२ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन आज २०७६ भदौ २८ गते शनिबारका दिन “दि साँझ लज एण्ड बार” नयाँ बस्तीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी छैटौं अधिबेशन सम्पन्न भयको हो।

सस्थाका वर्तमान अध्यक्ष सन्जिब वाइब तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नबिना लामा रहेका थिए। विशेष अतिथिहरुमा टाँसि लामा ,कुमार घिसिङ, कलाकार संघका चन्द्र कुमार मोक्तान, शिला बहादुर मोक्तान, प्रदिप बोम्जन तामाङ, तुलसा वाइबा, इन्दिरा योन्जन, दिपेन्द्र दोङ तामाङ ,बिकु थोकार, बिष्णु मोक्तान ,खोज राज गोले,अशोक सिङ्दन तामाङ ,चन्द्रमाया बोम्जन,अमिर दोङ, चन्द्र कुमार दोङ लगायत विभिन्न प्रवासका संघ सस्था समाज सेवी बुद्दीजीवि हरुको बाक्लो उपस्थिति रहेको थियो।

उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य महासचिब बिस्व दोङ तामाङ संगै शुबास मोक्तान ,योगेश तामाङ लगायतले स्यारटिसै याङ तामाङ गित पश्चात् सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर उद्घाटन तथा दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत गायर कार्यक्रम शुरुवात गरिएको थियो।

भिडियो : https://youtu.be/eTGQDcqrpRo