तिप्लिङ न्यूज
०७६ भदौ २० काठमाडौं

नेपली पप, सेलो र कभर गीत गायर आफ्नो सांगितिक यात्रा अगाढि बढाइरहेका युवा प्रतिभा हुन गायक निमा पाख्रिन लामा ।
सांगितिक नक्षत्रमा गित संगितकै माध्यबाट आफ्नो परिचय स्थापित गर्न खोजिरहेका छन ।
भर्खरै मात्र आर एन बि पप `मनको कुरा´ बोलको गित बजारमा ल्याएका छन गायक निमाले । समय सुनुवारको शब्द, संगित र संगित संयोजन रहेको गितको भिडियोमा गायक स्वयम् , सुशिला तामाङ , माईला र लिम्बुको अभिनय रहेको छ ।

दर्जन जति गित गाइसकेका गायक निमाको गितहरु युटुबमा भेटाउन सकिन्छ । तोङ्बा को तातो पानीले, माथि माथि लेकैमा, ल्होछार मेला, आप्पा को छोरा, ल्होछार मा , होइ साइलि,यो साथ , तिमिनै मेरो माया, काठ्मण्डौ सहर, पार्टि song, दशै तिहार song, याद हरु पर्ट २, मान्छे song र मन को कुरा लगायतका गितहरु गायक निमाका हुन।

सिन्धुपाल्चोक जिल्लामा जन्मेका गायक निमा पाख्रिन लामा यति बेला काठमाडौंमानै बसि गित संगितमा संघर्ष गरिरहेका छन ।

भिडियो :- https://youtu.be/EB_WsVGfFoI