तिप्लिङ न्यूज
०७६ साउन २७ सिन्धुपाल्चोक

हाम्रो अभियान , लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान , नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको तेस्रो साधरण सभा एवम दोस्रो अधिबेसन नयाँ कार्य समितिको चयन भब्य कार्यक्रमको बिच सम्पन्न भयको छ।

कार्यक्रम अध्यक्ष योगेश लामाको सभाध्यक्ष र राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पुर्सोतम थापाको प्रमुख आतिथ्यतामा भयको थियो ।

नयाँ कार्यसमिति पुन: योगेश लामाकै अध्यक्षमा गठन भयको छ । प्रथम उपाध्यक्ष प्रदिप रोक्का , द्दृतिय उपाध्यक्ष होम सुवेदी , महिला उपाध्यक्ष राधिका ढकाल, सचिव सपना थापा , सह-सचिव आस्मान लोप्चन , कोषाध्यक्ष रिता बुढाथोकि , सह-कोषाध्यक्ष सरिता थापा मगर , सदस्यहरु रचना थापा , रेणु नेपाल, मदन कुमार थापा , साईमन भट्टाई , सागर प्रधान , रेशम प्रधान , सुनिता दुलाल , सरोज परियार , विबेक चौलागाई , सबिना कुवर , सपना गुरुङ र मैयाँ थापा मगर रहेका छन ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश -३ का अध्यक्ष बाशु सिम्खडा , प्रदेश सचिव भरत बर्लाकोटि, उपत्यका सदस्य भिम्सेन खतिवाडा लगायत विभिन्न जिल्ला बाट आउनुभएका ब्यक्तिहरुले शुभकामना मन्तब्य दिनुभयको थियो ।

पहिलेको कार्यकाल भन्दा अबको कार्यकालमा अझै चुस्त दुरुस्त ढंगले सबैलाई समेटेर अघि बढ्ने अध्यक्ष योगेश लामाले बाताउनु भयो ।https://youtu.be/eTGQDcqrpRo