तिप्लिङ न्यूज
०७६ साउन २६ काठमाडौं

जम्बुलिङ फिल्म प्रा.लिको आयोजनामा भयको जम्बुलिङ इन्टरनेसनल अवार्ड २०७६ को पब्लिक च्वाईस अवार्ड गायक धिरेन लामाले पाएका छन ।

थाइल्यान्डमा सम्पन्न भयको जम्बुलिङ अवार्डमा लोक सेलो विधाबाट नोमिनेसनमा परेको गित `लेककि कान्छि´ बाट धिरेन लामाले पब्लिक च्वाईस अवार्ड पायको हो ।

`लेककि कान्छि´ बोलको गीतलाई स्रोता दर्शकले युटुबमा भेटाउन सकिन्छ । धिरेन लामाकै शब्द तथा संगित रहेको गितको भिडियोमा धिरेन लामा र सबिना तामाङको अभिनय देख्न सकिन्छ।

`बेस्ट अफ लामा धिरेन´ एल्बममा समाबेश गरिएको `लेककि कान्छि´को भिडियोलाई निर्देशन छायाङकन र सम्पादन भने सुमन तामाङले गरेका हुन ।

औपचारिक रुपमा २०७० सालमा एल्बम `बेस्ट अफ लामा धिरेन ´ बाट सांगित आकाशमा पाइला चालेका धिरेन लामाले आधी दशकमा आधि दर्जन भन्दा बढि गीत गाइसकेका छन ।

मकवानपुर तामाङ कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेको धिरेनले अहिले सम्म सेलो , लोक सेलो , रक पप ,आधुनिक लागएतको विधामा आफ्नो स्वर दिएका छन ।

मकवानपुर जिल्लाको हेटौंडा उप-महानगरपालिका वडा नम्बर १३ पदम पोखरिमा जन्मेका गायक धिरेनले आफुले अवार्ड प्राप्त गरिरहदा छुट्टै किसिमको आनन्द र खुशि मिलेको बताउछन । गित संगितमा लागि परिरहँदा यस्तो खुशि मिल्छ भन्ने सोचेकै थिएन अबका दिनमा सेलो गित संगितमा निरन्तर लागि परिरहेने समेत बताए ।