तिप्लिङ न्यूज
मिति २०७६ साउन १३

गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको आवाजमा रहेको विलकुलै नयाँ खान्दोके सेलो वाला वाला रिवन बोलको गीतको छायांकन सम्पन्न भयको छ ।

काठमाडौ र सिन्धुपाल्चोक आस-पास प्रचलित मौलिक तामाङ सेलो खान्दोके सेलो सिन्धुपाल्चोकको बलेफि गाउँ पालिका वडा नम्बर ४ फुल्पिङ डाडामा छायांकन गरिएको हो ।

आस्मान लोप्चनको लय तथा शब्द संकलन रहेको गीतको भिडियो दिपक तामाङले निर्देशन गरेका हुन । बिक्रम मोक्तानको छायांकन रहेको भिडियोमा आस्मान , प्रेम गोले र सुस्मा मोक्तानको दमदार अभिनय देख्न सकिन्छ । साथमा रोस्ना , वीर बहादुर गोले र दुत्ते तामाङको अभिनय पनि रहेको छ ।
ठट्यौंउलि खान्दोके सेलोमा जात्रामात्रामा भेटिदाको क्षणलाई भिडियोमा देखाएको छ । भिडियोको अर्को रमाईलो पाटो हास्याब्यङ्गे जस्मा बले तामाङको अभिनय देखिन्छ।

गायक आस्मान लोप्चनको यो भन्दा अघि पनि खान्दोके सेलो बल्लपो तामाङको हुन उठ्योनै बजारमा आएको थियो । जुन गीतलाई धेरै दर्शकले मन पराएपछि बल्लापो तामाङको हुल उठ्यो भाग -२ बजारमा ल्याएको बताउछन गायक आस्मान लोप्चन

सिन्धुपाल्चोक जिल्लामै जन्मेको कारण सिन्धुपाल्चोकको मौलिक भाका खान्दोके सेलोको संरक्षणमा सधै आफु लागि परिरहने समेत बताउने आस्मानले वाला वाला रिवन बोलको गीतको भिडियो यहि साता सार्वजानिक हुने समेत बताए ।