तिप्लिङ न्यूज
२०७६ असार ७ काठमाडौं
आस्मान तामाङ

विश्व संगित दिवसको अवसर पारेर गायक दिपक मुक्तानले बिलकुलै नयाँ तामाङ सेलो आस्याङको छोरो बजारमा ल्याएको छ ।

सांगितिक क्षेत्रमा दिपक मुक्तानको यो पहिलो पाईला हो । प्रकाश तामाङको शब्द संगित रहेको गितको संगित संयोजन चांद सिङले गरेका हुन ।
भिडियोमा मोडल तथा संचारकर्मि प्रितम तामाङ र वर्षा मुक्तानको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निर्देशन प्रकाश तामाङ र सुशिल लामाले गरेका छन ।

मकवानपुर भिम्फेदि आस-पास छायांकन भयको भिडियोको नृत्य निर्देशन पनि सुशील लामालेनै गरेको हो । कलाकारलाई सुन्दर देखाउन सृजना मुक्तान र डोल्मा घलानले श्रृङगारमा साथ दियको थियो ।

गितको भिडियोमा आस्याङको छोरो आङि छोरिको मायामा एकहोरो भयको देख्न सकिन्छ । अन्तत आङिको छोरिलाई आस्याङको छोरोले लगेको देखिन्छ ।

मकवानपुर मनहारि गाउँ पालिका वडा नम्बर ६ डिपाडमा जन्मेको गायक दिपक मुक्तान गायक मात्र नभयर युवा समाजसेवि समेत हुन।
सानै देखि गित संगित प्रति लगाब भयको गायक दिपकले अब आउने दिनहरुमा स्रोता दर्शक माझ गित संगित पस्किरहने जानकारि दिए ।