तिप्लिङ न्यूज
०७६ जेष्ठ २५ काठमाडौ
आस्मान तामाङ

गायन क्षेत्रमा ताम्बाकि छोरी बोलको गित बाट एका-एक चर्चा कमायकि गायिका बिमला थिङको नयाँ भिडियो पर्देशी कान्छा युट्युबमा सार्वजनिक भएको छ ।

हालै सार्वजनिक गरिएको परदेशी कान्छामा मोडल एरिन तामाङ र गायिका बिमला स्वयम् ले अभिनय गरेका छन । भिडियो लाई निर्देशक अजय स्याङ्तानले निर्देशन तथा सम्पादन गरेका छन भने बिक्रम मोक्तान ले छयांकन गरेको हो ।

मिलन तामाङ ( मेरङ ) को शब्द लेखन र अशोक तामाङको संगीत रहेको यस् गीतलाई बिमला थिङले आवाज दिएकि छिन । बाध्यताले पर्देश जानू पर्दाको पिडामा र गाउँमा एक्लै हुनेको पिडाको कथा गीत बोकेको छ ।

बिमलाको पहिलो सबैले मन पराएको गित ताम्बाकि छोरिलाई भने आस्मान लोप्चनले लेखेका हुन भने संगित प्रकाश तामङले गरेको थियो ।

मकवानपुर जिल्ला मनहरिका गायिका बिमला थिङ यति बेला गित संगितमै संघर्ष गरिरहेका छन । एक पछि अर्को गर्दै क्रमश गित संगित स्रोता दर्शक माझ पस्किरहने गायिका बिमला थिङले जानकारि दिनुभयो ।

भिडियो :