तिप्लिङ न्यूज
०७६ जेष्ठ १७ काठमाडौ
आस्मान तामाङ

तामाङ कथानक चलचित्र म्युङ पुजुको एक कार्यक्रमको बिच शुभसाहित गरेर छायांकन सुरु गरेको छ ।

काठमाडौं , भक्तपुर ,ललितपुर र सिन्धुपाल्चोकको विभिन्न ठाउमा छायांकन हुने चलचित्रको मुख्य पात्रमा सुस्मा मोक्तन , इश्वर पख्रिन , प्रेम गोले र डोल्मा तामाङलाई देख्न सकिन्छ ।

अजय स्यङतानको निर्देशनमा बन्दै गरेको यस चलचित्र अन्य तामाङ चलचित्र भन्दा केही फरक र उत्कृष्ट हुने निर्माण पक्षको दाबि छ ।

सुपर स्टार डम्फु मिडियाको ब्यानरमा बन्न लागेको यस चलचित्रलाई निर्माण गर्नुभयको छ समाजसेवि एवम यसै चलचित्रका कलाकार कान्छि माया लामाले । कान्छीमाया लामाको कथालाई कथा लेखन गर्नु भयको छ सुजन तामाङले भने पटकथा रितुराज पाख्रिनको रहेको छ ।

चार वटा गित संगित समेटिएको चलचित्र म्युङ पुजुमा निमा दोङ र प्रयास दोङको संगित रहेको छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लिप्चन, आर.के योन्जन र सुरेश लामाले आवाज दिएका छन । चलचित्रको सबै गित कुमार स्याङबाले रचना गरेका हुन ।

चलचित्र म्युङ पुजुमा आमाको भुमुकामा भुइसाल लामा र कान्छिमाया लामा देख्न सकिन्छ भने बुबाको भुमिकामा राजकुमार स्याङतान र बिरमान स्याङतान देख्ने भयको छ ।

द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबाको रहेको छ । चलिचित्रमा कलाकारहरु वीर बहादुर तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङको अभिनयपनि देख्न सकिन्छ ।

म्युङ पुजु तामाङ चलचित्रमा घमण्डले आफैलाई डस्छ भन्ने मुल भाव बोकेको छ । चलचित्र दशै ताकामा स्रोता दर्शकले हेर्न पाउने नायक इश्वर पाख्रिनले जानकारि दिनुभयो ।