तिप्लिङ न्यूज
२०७६ बैशाख १६ सि.पा
आस्मान तामाङ

सिन्धुपाल्चोक जिल्लाको जुगल गा.पा वडा नम्बर ६ हाप्रामा रहेको श्री वनकालि देवि माध्यामिक विध्यालको ४३औ जन्मोत्सब ४२ औ बार्षिकोत्सब एवम भुपु बिध्यार्थि पुर्नमिलन समारोह २०७६ भब्य रुपमा सम्पन्न भयको छ ।

ऊद्योग वातावरण तथा पर्यटन मन्त्रि माननिय अरुण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भयको कार्यक्रममा जुगल गा.पा अध्यक्ष होमनारायण श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो ।

विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दे श्रेष्ठ सभापति भयको कार्यक्रमा आस-पास वडाका वडाध्यक्ष ७ का अध्यक्ष दिलकुमार लामा , ६ का जंग तामाङ र ५ का सनत अधिकारि समेत थिए

मिति २०७६ बैशाख १५ गते आफ्नै बिध्यालयको प्राङगनमा भयको कार्यक्रममा राष्ट्रिय कलाकार सन्ध्या बुढा (काउलि बुढि) , हास्य कलाकार राजा राजेन्द्र , सेलो गायक आस्मान लोप्चन र गायक तथा मोडल प्रितम तामाङसहित स्थानियको प्रस्तुति बेजोड भयको थियो ।