तिप्लिङ न्यूज

२०७६ बैशाख १३ काठमाडौं

मिति २०७६ बैशाख ११ गते एक सार्वजनिक कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर थोकर (विकु थोकर) ले चलचित्रको विषयमा समीक्षा गर्न नमिल्ने भन्दै धम्कि दिएको प्रति अनलाइन ग्रुपको ध्यानाकर्षण भएको छ ।

यस्तो अभिव्यक्ति संबिधान प्रदत्त प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप भयको टिप्पनि गर्दै संयुक्त प्रेस विज्ञापति जारि गरेको हो ।

पत्रकारहरुले टिप्पणी गरेको भन्दै प्रतिकार गर्ने धम्किपूर्ण भाषा प्रयोग गरेकोप्रति तामाङ अनलाईन ग्रुपले घोर आपति जनाएको छ ।

अनलाइन ग्रुपका अध्यक्ष प्रितम कुमार तामाङले समाजिक सञ्जालमा चलचित्रको विषयमा समीक्षा गरेको भन्दै संघका अध्यक्ष थोकरले सार्वजनिक कार्यक्रममा तामाङ चलचित्रको विषयमा गतल प्रतिक्रिया गर्नेलाई जुन सुकै परिस्थितिमा जे गर्न पनि तयार रहेको बताएका थिए । यस भनाईले आम अनलाईन पत्रकारहरु शसंकित भएको छ । चलचित्र संघलाई ध्यानकर्षण गराउँदै गलत वक्तव्य सार्वजनिक रुपमा सच्याउनका लागि अनुरोध गरेका छन ।

निर्वाध रुपमा पत्रकारिता गर्ने वातावरणमाथि खलल पुर्याउने काम कोही कसैबाट नहोस भन्दै पत्रकार सम्मेलनमा पत्रकारले जिज्ञासा राखेकै आधारमा धम्की दिनु अत्यन्तै निन्दनिय रहेको समेत बताएका छन । निज व्यक्तिलाई कानूनी दायरामा उभ्याएर कारवाहीको लागि अनलाइन ग्रुपले जोडदार माग गरेको छ ।

अनलाइन ग्रुपका अध्यक्ष एवम पत्रकार प्रितम तामाङले के लेखेका थिए त – यो तामाङ चलचित्र चैं कलाकार र पत्रकारहरुले मात्र हेर्न बनाएको जस्तो लाग्न थाल्यो बा के सारो रहर लाग्या होला पैशा बढि भाको भनेर आफ्नो फोटो हालेर क्याप्सन मात्रा हालेका थिए ।