तिप्लिङ न्यूज

मिति २०७५ चेैत २६ चौतारा

सरकार, महाेदय
म हजुरकै कार्यकर्ता हाे
मलाई हिमाल चढ्ने अत्ति रहर छ
बिन्ति पचास लाख बिनियाेजन गरियाेस्।
संसारलाई देखाउनुछ
मेरै गाउँकाे नेपेमासाल अन्तर्राष्ट्रियस्तरमा देखाउने
मलाई चाहना छ ग्याल्जेन पिक हाम्रै हाे भनेर चिनाउने
इच्छा छ मलाइ
ती तेम्बाथान, गुम्बा अनि क्याङ्सिङ
मेरै मुटु हुन्
जुगल मेरै हाडले बनेकाे हाे
सरकार, महाेदय
मेराे मुटु अनि हाड म अाफैले स्पर्श गर्नुछ
तर, बिन्ति
पचास लाख बिनियाेजन गरियोस् ।
लालीगुराँश जसरी फुलेकाे छ
उसैगरी मेराे रगत तातेकाे छ
जबसम्म देशमा नेतागिरी अन्त्य हुँदैन
याद गर, उसैगरी देश अन्तै कता कता विलिन हुन सक्छन्
तर याद गर, म देशकाे जंगे पिल्लर हुँ ।
तर यतिबेला,
मेराे रगत र लालीगुराँसकाे रंग अनि
मेराे अामाकाे सिउँदाेकाे रंगलाई
चिसाे मृत्यु लाग्ने सेताे हिउँमा समाहित गरेर
ए कमरेड, सिंगाे देश हारेर अाएकाे पल
भन मलाई के जित्न याे नाटक मञ्चियाै ?
यसैले सरकार महाेदय
म पनि हजुरकै कार्यकर्ता हाे
बुझाउनु छ हिसाब, देखाउनु छ अाँट अनि साहस
बिन्ति मलाई पचास लाख बिनियाेजन गरियाेस्
म, म, अनि म
साँच्चै, समृद्ध देश निर्माण गर्नेछु ।