तिप्लिङ न्यूज

मिति २०७५ चेैत २५ चौतारा

पुर्खालाई सम्मान युवालाई प्रोत्साहन भन्ने मुल नाराका साथ नव बर्ष २०७६ को पावन अवसरमा उत्घाटन , शुभकामना आदान प्रदान एवम बृहत् सास्कृतिक कार्यक्रम ईन्द्रावति गाउपालिका वडा नम्बर ८ अर्चले पिपलबोट चौउरमा हुने भयको छ ।

अर्चले युवा समाजको आयोजना हुन लागिएको उक्त कार्यक्रम ईन्द्रावति गाउपालिका प्रमुख बंशलाल तामाङको प्रमुख आतिथ्यतामा हुने जानकारि अर्चले युवा समाजका अध्यक्ष पुष्प बहादुर तामाङले दिनुभयो ।

कार्यक्रममा सेलो गायक आस्मान लोप्चन,
लोक गायक तथा हास्याकलाकार इशोरी अधिकारी, लोक गायक सुरेन्द्र गिरि , लोक गायिका रोशनी चौलागाईं ,आधुनिक गायक रेबन लामा साथमा स्थानियकलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रम यहि मिति २०७६ बैशाख १ गते
बिहानको ११ बजे बाट ईन्द्रावति गा.पा ८ अर्चले पिपलबोट चौर सि.पा मा सुरु हुनेछ ।