आरोहण दलका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटापनि स्वास्थ्यले साथ नदिएपछि हेलिकप्टरबाट काठमाडौ फर्कनुभएको छ ।
लगातर हिमपात र मौसम खराबी भएपछि जुगल हिमाल आरोहण टोलीसँग भएको खाद्यन लगायतका सामग्री सकिएपछि आजै सिम्रीक एयरको हेलिकोप्टेर ४ हजार ७ सय २४ मिटरको उचाइमा रहेको जुगल बेस क्याम्पमा खाद्य सामग्री पुराएर फर्किएने बेला आरोहण टोलिका सदस्य सुबोध पनि फर्किनु भयको हो ।

उहाको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको जुगल गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभ ।

आरोहण टोलिका सदस्य नेकपा नेता माधव सापकोटा सुवोधले हिजो अपराहन्न ४ बजेको भमयमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीसंग फोन सम्पर्क गर्दै खाद्यन्न पनि सकिएको,भारी हिमपात भईरहेकाले आफुहरु माथि पनि जान नसकेको र तलपनि ओलर्न नसक्ने अवस्थामा रहेको बताउनुभएको थियो ।

यसअगि आरोहण टोलीका सदस्य मध्ये पुर्व सासंद सुवास कर्माचायपर्नि स्वास्थ्यले साथ नदिएपछि पुगेर फर्किसक्नुभएको छ । प्रतिकुल मौसमका कारण जुगल हिमालमा पहिलो पटक आरोहण गर्न आरोहि माया गुरुङको नेतृत्वमा गएको टोलि ४ हजार ७ सय २४ मिटरको उचाँइमा अवस्थीत क्याम्पमा रोकिएको हो ।

माया गुरुङको नेतृत्वमा रहेको सिन्धु पर्यटन परिषदका अध्यक्ष मिलन तामाङ र पर्वतारोही शर्मिला थापा सहितको ४ सदस्य आरोहण टोलीले मौसमले साथ दियोभने भोलिसम्म जुगल हिमालको सफल आरोहण गरीसक्ने गाउपालिका अध्यक्ष शेर्पाको भनाई छ ।

चैत्र १५ गते आरोहणका लागि गाउपालिका हुदै प्रस्थान गरेको टोलिले जुगल हिमश्रृङखला अन्र्तगतको सबैभन्दा उचाइको ग्लाल्चेन पिक आरोहण गर्ने कार्यक्रम छ ।

यसको उचाइ ६ हजार १५१ मिटर रहेको छ । २८ डिग्री ११ मिनेट अक्षांश र ८५ डिग्री १७ सेकेण्ड देशान्तरमा रहेको जुगल हिमाल जुगल गाउँपालिका ३ गुम्बामा रहेको छ ।