तिप्लिङ न्यूज
मिति २०७५ चैत २३ काठमाडौं

काभ्रेको भकुण्डेमा हुन गईरहेको तामाङ चलचित्र महोत्सवको तयारि एवम प्रचार प्रसारमा चलचित्र संघ दिन रात नभनि लागी परिरहेका छन् । यहि चैत्र २९,३० र बैशाख १ गते तेस्रो तामाङ चलचित्र महोत्सव हुन लागेको हो ।

महोत्सवलाई सार्थक, भब्य र सभ्य बनाउन लागी परेका छौं हरपल महोत्सवमानै केन्द्रित भई काम भईरहेको बताउछन तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर ।

तामाङ चलचित्र महोत्सवलाई एक अवसरको रुपमा तामाङ चलचित्रकर्मीको लागि कोशे डुङगा सावित गराउन आफू लागी परको समेत बताउछन अध्यक्ष बिकु थोकर । महोत्सव नजिकिदै गर्दा अध्ययक्षको सबै ध्यान महोत्सव तिरेै देखिन्छ ।
महोत्सवको तयारिमा आफु मात्र नभई संघको सबै पदधिकारिहरु समेत लागि परिरहेका सुनाउछन ।

महोत्सवमा ५ तामाङ चलचित्रहरु प्रदर्शन गरिनुका साथै अन्य विविध कार्यक्रमहरु समेत समावेश गरिएको छ । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ ।

महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरु छनौट गरिसकिएको छ भने महोत्सवको बारेमा ठाउँ–ठाउँमा पोष्टर समेत टाँसिएका छन् । प्रर्दशन हुने चलचित्रहरु सेमरिन मुला माया , आप्लेङ्ग ला नाम्सा, श्होङ , रुङसि टिला र सेर्कु हुन ।

प्रचारमा माईकिङको समेत प्रयोग गरिएका छन् भने अनलाईन न्यूज पोर्टलहरुले समेत यसलाई प्राथमिकतामा राखेर प्रचार प्रसार गरिरहेका छन् ।