तिप्लिङ न्यूज
मिति २०७५ चैत १६ काठमाडौ

तामाङ सेलोको मौलिक बाजा डम्फुको जगेर्ना गर्ने उदेश्यले काठमाडौंको दरबारमार्गमा रहेको जुजुबा लाउन्ज एण्ड बारको आयोजनामा एेतिहासिक डम्फु सांझ हुने भयको छ ।

पछिल्लो समयको तामाङहरु पश्चिमी संस्कारले गर्दा आफ्नो मौलिक बाजानै धरापमा परेको हो कि भन्ने भनाईले तामाङको सांस्कृतिक पहिचान डम्फु बाहेक अरु हुन सक्दैन भन्ने भावले एेतिहासिक डम्फु सांझ हुन लागेको हो ।

तामाङ सेलो गित संगितमा आफ्नो छुट्टै पहिचान बनाईसक्नु भयको गायक तथा संगितकार विश्व दोङको विशेष प्रस्तुति रहेने उक्त डम्फु सांझमा अन्य बेलाको कार्यक्रममा जसरि म्युजिक ट्राकमा गित नगाई प्रत्यक्ष लाईभ बाजागाजा बजायर गित प्रस्तुति हुने जानकारि दिनुभयो । कार्यक्रममा विशेष गरि तामाङ मौलिक गित संगित प्रस्तुत हुनेछ ।

लाइभ बाजामा तामाङको मौलिक बाजा डम्फु टुङना लगाएत अन्य सपोर्टिङ बाजाको साथमा धुमधामको रुपमा कार्यक्रम सम्पन्न गराउने पक्षमा छन आयोजक।

कार्यक्रममा अन्य कलाकार जितु लोप्चन , प्रयास दोङ र प्रकाश दोङको पनि प्रस्तुति रहने छ । साथमा अतिथि कलाकारको रुपमा नायक कुमार मोक्तान र नायिका रेखा थापा उपस्थित हुने जानकारि प्राप्त भयको छ ।

कार्यक्रम यहि मिति २०७५ चैत २३ गते शनिवार सांझ ७ बजे बाट जुजुबा लाउन्ज एण्ड बार दरबारमार्गमा हुने कार्यक्रम टिकट सिस्टममा गरिने छ । प्रति ब्यक्ति प्रबेश शुल्क १००० (एक हजार) नेपाली रुपैयाँ लाग्ने छ ।