तिप्लिङ न्यूज,

मिति २०७५ चेैत ९ काठमाडौं

गायक तथा संगितकार जे.बि जिम्बाको केही समय अघिमात्र नेपाली तामाङ सेलो लेक-लेक चर्ने चौँरि गाई बोलको भिडियो सार्वजानिक भयको थियो ।

जिम्बाकै शब्द स्वरमा रहेको उक्त गितलाई विशाल काल्तानले संगित भरेका छन ।

लेक लेक चर्ने चौरि गाईको भिडियोमा दुर्गेश थापा र निशा बोहोराको अभिनय देख्न सकिन्छ । भिडयोलाई गोल्चे संचारको युटुब च्यानलबाट सार्वजनिक गरेको हो ।

गित संगितमा संघर्षरत गायक जे.बि जिम्बाले अहिलेसम्म आधा दर्जन भन्दा बढि गित गाइसकेक छन । जाउँ हिड सहर , लेक लेक चर्ने , सिन्ध त पाल्चोके , आस्सना सर्दो , खेल्छेउ फेसबुक टिकटोक , एक्लो यो ज्यान परेउ र कोदोको झिर्माको रसमा जस्तो उत्कृष्ट गितहरू गाएका छन ।

सबै गितको भिडियो बजारमा नआए पनि बिस्तारै सबै गितको भिडियो स्रोता दर्शक माझमा ल्याउने बताउछन गायक जेबि जिम्बा ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका वडा नम्बर ५ बराम्चिमा जन्मेका गायक जिम्बाको बाल्यकाल गाउमै बित्यो ।

२०६८ साल तिर देखिनै गितसंगितमा लागेका जिम्बाले अब चाँडैनै कोदोको झिर्माको रसमा बोलको गितलाई भिडियो सहित दर्शक माझ ल्याउने भयको छ ।

राजेन्द्र लामा (दोर्जे) को शब्द संगित रहेको उक्त गितलाई आगा लामाले संगित संयोजन गरेका छन ।

गित संगितको क्षेत्रमा निरन्तर लागि पर्छु भन्ने प्रण गरेका गायक तथा संगितकार जे.बि जिम्बा नयाँ गित संगितको सृजनमा आफु ब्यस्त रहेको बताउछन ।