तिप्लिङ न्यूज
०७५ फागुन २९ दिपक खत्री, सिन्धुपाल्चोक


नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक कार्यलयले विद्युत्त महसुल नतिर्ने तथा हकिङ गरी बक्ती बाल्नेहरुको लाईन धमाधम काटिरहेको छ । विगत २ दिनदेखि २० ओटा लाईन काटिएको र बाकि बक्यौता र विद्युत चोरी गरी बक्ती बाल्ने तथा उद्योग संचालन गर्नेलाई नियम अनुसार सामान जफत गर्ने र कारवाही गरीरहेको नेपाल विद्युत् प्राधिकरण लामोसाघुका प्रशासन प्रमुख कृष्ण थापाले बताउनुभयो ।


थापाले भुकम्प पछिको पुननिमार्णलाई मध्यनजर गरेर लाईन नकाटिएको भएपनि अब भने बाध्य भएर लाईन काट्रन सुरु गरेको बताउनुभयो । उहाले ४ देखि ४४ महिना सम्मको चौतारा बजारमा मात्र ४२ लाख १६ हजार ५ सय २७ रकम उठ्रन बाकि रहेको बताउनुभयो । जसमा द्येरै जसो सरकारी कार्यलयले ठुलो रकम तिरेका छैनन् ।

जसमा चौतारा अस्पतालमा जडान भएका दुई ओटा मिटरको १४ र ४१ महिनाको ६ लाख २५ हजार ७६ रुपैया विद्युक्त महसुल तिर्न बाकि देखिएको छ । यसैगरी जिल्ला कारागारको ६ महिनाको २ लाख ७८ हजार ३ सय १०, गा्रमिण पुन निमार्ण कार्यलयको ८ महिनाको ४४ हजार ३ सय १८, कृषि शाखा कार्यलयको ६ महिनाकै ४२ हजार ८ सय ४६, मालपोत कार्यलयको ८ महिनाको ४० हजार पाच सय सत्तरी , नेपाल रेडक्रस सोसाईटि शाखा सिन्धुपाल्चोकको ४४ महिनाको ६२ हजार १ सय ४ रुपैया विद्युक्त महसुल तिर्न बाकि देखिएको छ ।


यसैगरी जिल्ला समन्वय समितिको ५ महिनाको ४० हजार ७ सय ५५, खानेपानि कार्यलको ९ महिनाको २६ हजार ९ सय २६, जिल्ला समन्वय समिति कर्मचारी निवासको ९ महिनाको २१ हजार ९ सय ४१ , जिल्ला भु संरक्षण समितिको ५ महिनाको १७ हजार ९ सय ६७ रुपैया विद्युक्त महसुल तिर्न बाकि देखिएको छ ।

यसैगरी साविक जिल्ला शिक्षा कार्यालयको ४ महिनाको १७ हजार ८ सय ४२ ,जिल्ला वन कार्यलयको ६ महिनाको ३४ हजार ४२, श्री कृष्ण रत्न गंगा मावि चौताराको ६ महिनाको ३४ हजार ४२ र सिंचाई कार्यलयको १३ महिनाको ६९ हजार २ सय २५ रुपैया, हारति कन्सन, बस्नेत बेकरी तथा दुलाल दुग्ध विकास संस्थन, न्यायधिस क्वाटर देखि जिल्ला हुलाक कार्यलय, खानेपानि समितिले देखि प्रमुख जिल्ला अधिकारीको क्वाटर समेतले लामो समय देखिको महसुल तिर्न बाकि देखिएको छ ।


मिटर रिडिङ भएको ६० दिनसम्म पनि विद्युक्त महसुल नबुझाएमा विना सुचना विद्युत्त लाईन काटिने र तिर्न बाकि रकम असुल उपर गर्न सकिने ऐनमा ब्यवस्था छ । यसैबिच एक महिनाको अवधिमा विद्युक्त चुहावट बाट जरीवाना स्वरुप ११ लाख असुल उपर भएको प्राधिकरणले जनाएको छ ।