तिप्लिङ न्यूज

मिति २०७५ फागुन १६ सिन्धुपाल्चोक

टुडिखेलमा, चोक चोकमा मात्र नभई ल्होछार घर घरमा मनाउ भन्दै यहि मिति २०७५ फागुन १८ गते जनचेतनामुलक बृहत् ल्होछार सास्कृतिक कार्यक्रम हुने भयको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ६ तारामाराङ तेर्से मा.विको प्राङ्गण सिन्धुपाल्चोकमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा सु-सम्पन्न हुने कार्यक्रम संयोजक एवम गायक ओम तामाङ वाईबाले जानकारि दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकार जयनन्द लामा , विश्व दोङ , आस्मान लोप्चन , प्रकाश तामाङ , ओम तामाङ वाईबा , सुनिता लुङबा , योगेश लामा , छेवाङ डि स्याङबो , जेबि जिम्ब , अनिल स्याङबो, प्रितम तामाङ , अनुष्का दोङ ,दिनेश बरुवा र ग्याल्बो वाईबाको बेजोड सांगीतिक प्रस्तुति रहने छ।

कार्यक्रमको आयोजना भने ओम कला केन्द्र र ग्याता गुम्बाले मिलेर गरेका हुन भने सह आयोजनमा रहेर छाप गाउँ भबिश्य निर्माताहरुले साथ दिएका छन ।