तिप्लिङ न्यूज,

२०७५ फागुुन ८ काठमाडौ

भर्खरै मात्र हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड २०७५ दोहा कतारमा सम्पन्न भयको छ ।

विभिन्न विधामा भयको अवार्डमा तामाङ सेलो गितको उत्कृष्ट महिला मोडलको उपाधि सिन्धुपाल्चोक जिल्लाकि चेलि मन्जु थिङले जितेकि छिन ।

एक पानी होईन दुईपानि होईन भन्ने तामाङ सेलो गितको भिडियो अवार्डमा पर्न सफल भयको थियो । सोही गितको भिडियो बाट मन्जुले उपाधि पाएकि हुन ।

हिमालयन अन्तराष्टिय नेपाली म्यूजिक अवार्ड तथा सास्कृतिक कार्यक्रमका लागि दोहा कतार पुगेकि मन्जुले उक्त कार्यक्रममा आफ्नो नृत्य देखाई दर्शकलाई पुरै लोभ्याउने गरेको आयोजकलेनै बताएका छन।

यो अवार्डले आफुलाई अझै कला क्षेत्रमा अघि बढ्न हौसला मिलेको बाताउछिन मोडल मन्जु थिङ ।