तिप्लिङ न्यूज,

२०७५, फागुन ८ सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको वडा नं ३ स्थित बृहत् तामाङ गाउँ धुस्कोटमा कर्मडुप्ग्युलिङ गुम्बा द्वारा आयोजित तथा बलेफी गा.पा. वडा नं ३ द्वारा बिशेष आर्थिक सहयोगमा हुन गैरहेको धुस्कोट ल्होछार गेताङ तथा बृहत् साँस्कृतिक कार्यक्रम यहि फागुन ११ गते शनिबार हुने भएको छ । “एक घर एक डम्फु, प्रत्येक घर लुंदर दर्ज्यु हाम्रो पहिचान ! हाम्रो संस्कृति जोगाउने महाअभियान!!” भन्ने नारालाई मुल रुपमा राखिएको वडा अध्यक्ष बिरमान तामाङ बताउँछन् ।

सिन्धुपाल्चोककै ठूलो वस्ती तामाङ गाउँको रुपमा चिनिने धुस्कोट गाउँको ल्होछार कार्यक्रम सबैको चासोको कार्यक्रम हुने गर्दछ । विगत ३ वर्षदेखि यसरी नै संयुक्त रुपमा एकठाउँमा जम्मा हुँदै मनाउदै आईरहेको गुम्बाका प्रमुख लामा गुरु सोनाम धार्के लामाले गोल्चे गराए ।

कार्यक्रम वडा अध्यक्ष बिरमान तामाङको सभापतित्व, युवा नेता तथा नेपाल तामाङ घेदुङको केन्द्रिय सल्लाहकार दावा लामाको प्रमुख अतिथ्यतामा साथै युवा नेता ब्यबसायी राम कुमार तामाङको बिशेष अतिथ्यतामा सम्पन्न हुनेछन । ।

बृहत् साँस्कृतिक कार्यक्रमको लागि भने ख्यती प्राप्त सेलो गायक विशाल काल्तान, गायक आस्मान लोप्चन नायिका तथा गायिका सुनिता लुंबा, गायक जिम्बा, गायक अनिल स्याङ्बो, गायक ओम तामाङ वाईबा, संचारकर्मि तथा गायक प्रीतम तामाङ, गायिका रोश्ना लुङबा, नृत्य कलाकार पुसन लामा, अनुस्का दोङ, प्रेम गोले, गायक सन्देश पाख्रीन, नृत्य कलाकार प्रशान्त तामाङ, सुजल तामाङ लगायतको उपस्थिती अनि प्रतुती रहनेछ ।