तिप्लिङ न्यूज,

मिति २०७५ माघ १३ काठमाडौं

गायक आस्मान लोप्चन र गायिका सुनिता लुङबाको आवाजमा बिलकुलै नयाँ ल्होछार गित नक्कलि कान्छि भेट भयो आज सार्वजानिक भयको छ ।

गायक आस्मान लोप्चनको शब्द संगित पवन वाङ लामाको संगित संयोजन रहेको गितको भिडियो क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरेको हो ।

सुर्य लामाले छायांकन सम्पादन तथा निर्देशन गरेको भिडियोमा आस्मान लोप्चन र सुनिता लुङबाको भुमिका प्रमुख देखिन्छ भने अलिना तामाङ र आस्मान वाईबाको अभिनयपनि दमदार रहेको छ ।

आस्मान र सुनिताको यो पहिलो सहकार्य हो । पहिलो सहकार्यले सेलो समुदायको मन जित्नेमा ढुक्क छन गायक गायिका । यी दुबै गायक गायिकाको सांगितिक यात्राको जग भने संचार माध्यमबाटै हो । दुबै रेडयो कर्मि आस्मान र सुनिताको भेटपनि रेडियो बाटै भयको थियो।

गायिका सुनिता लुङबा गायिका मात्र नभई नायिका पनि हुन । धेरै तामाङ चलचित्रमा अभिनय गरेकि सुनितालाई चर्चामा भने बिकु थोकरको तामाङ चलचित्र म्लाङ पोहारबाट ल्याएको हो ।

चलचित्र म्लाङ पोहारको गित नक्कलि कान्छिला सक्कलि सेम औदिनु सेम निजि ङदै थेम बाट स्रोता दर्शकको मनमा बसेकि सुनिताले अहिले बजार आफ्नो छुट्टै क्रेज लिरहेको छ ।

गायक आस्मान लोप्चनको भने यो छैटौ सांगितिक कोसेलि हो । आस्मानको यो भन्दा अगाढिनैको गित आस्याङकि छोरी क्या राम्रि, हिमाल पारिको गाउमा , नक्कलि गोरि ठिटिलाई , बल्लपो तामाङको हुल उठेउ, लेकमा जादा जस्ता गितहरुले स्रोताको रोजाईमा छन

नक्कलि कान्छिको भिडियो :
https://youtu.be/xOioLLsHmJk

ल्होछार गित